सत्ता गठबन्धन दलमा प्रतिनिधिसभातर्फका क्षेत्रको सिट बाँडफाँटमा सहमति भएको कुरा बाहिर आएको छ । पाँचवटै दलको बीचमा सहमति भइ सीट बाँडफाँट भएको भन्दै कसको भागमा कुन क्षेत्र परेको हो भन्ने कुरा बाहिर आएको हो । तर गठबन्धनको साझेदार दल जनता समाजवादी पार्टी नेपालले सीट बाँडफाँटको संख्या आधिकारिक रुपमा आउन बाँकी रहेको बताएको छ ।गठबन्धनको बैठकमा सहभागी भइरहने जसपाका कार्यकारिणी सदस्य मनिष सुमनले भने, ‘अहिले सहमति नै भएको छैन, गठबन्धनमा छलफल जारी छ, छलफलबाट टुगों लागेपछि आउने लिस्ट नै आधिकारिक हुन्छ