आईपीओ  निष्कासन प्रस्ताव पारित गर्न आइएमई लाइफ इन्स्योरेन्सले  बोलायो साधारण सभा

जेठ ३०, काठमाडौ, काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सोमवार तेस्रो साधारण सभा  बोलाएको छ । कम्पनीले सभा बिहान १० बजे लैनचौरस्थित कम्पनीको रजिष्टर्ड तथा कर्पोरेट कार्यालयमा भिडियो कन्फरेन्सको माध्यमबाट हुने जानकारी दिएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आव २०७५/ ७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।  सभाले आव २०७६/ ७७ को लागि लेखापरिक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।  साथै सभाले संस्थापक शेयरधनी आइएमई जनरल इन्स्योरेन्सको तर्फबाट त्यस कम्पनीको प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठलाई कम्पनीको सञ्चालक समितिमा गरिएको नियुक्तीलाई अनुमोदन गर्नेछ । कम्पनीले ६० लाख कित्ता आईपीओ निष्कासन गर्ने तयारी गरिरहेको छ । आवश्यक प्रक्रिया पुरा गरेपछि कम्पनीले नेपाल धितोपत्र बोर्डमा निवेदन दिएर स्वीकृती पाएपछि आईपीओ निष्कासन गर्नेछ । 

सम्बन्धित सामग्री

आइएमई लाइफ इन्स्योरेन्सको ब्राण्ड एम्बेसडरका दीपक र दिपाश्री

काठमाडौं- आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ब्राण्ड एम्बेसडरमा कलाकार दीपकराज गिरी र दिपाश्री निरौला नियुक्त भएका छन्। शुक्रबार पोखरास्थित कुटी रेसोर्टमा आयोजित अन्तर्राष्ट्रिय स्तरको अभिकर्ता तालिम कार्यक्रमका बीच दीपकराज गिरी, दिपाश्री निरौला र आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड प्रमुख कार्यकारी अधिकृत कवि फुयालबीच सम्झौतापत्रमा हस्ताक्षर भएको हो। सम्झौतापश्चात इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृतले कम्पनीका प्रचार-प्रसार, […]

आइएमई लाइफ इन्स्योरेन्सको नाफामा ७६ प्रतिशतले वृद्धि

काठमाडौँ – आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशन गरेको छ। विवरणअनुसार कम्पनीको खुद नाफामा उल्लेख्य छलाङ मारेको छ। कम्पनीले ०८०/८१ को प्रथम त्रैमासमा १३ करोड ३ लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ७ करोड ३९ लाख ९६ हजार रुपैयाँ मात्रै […]

आइएमई लाइफ इन्स्योरेन्स बिजनेस एक्सिलेन्स अवार्ड सम्पन्न

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ‘आइएमई लाइफ बिजनेस एक्सिलेन्स अवार्ड, २०२३’ सम्पन्न भएको छ । आर्थिक वर्ष ०७९/८० मा उत्कृष्ट कार्य गरेका शाखा कार्यालय, उत्कृष्ट अभिकर्ता, धेरै बिमालेख जारी गर्ने अभिकर्तालगायतलाई...

आइएमई लाइफको आइपीओमा १२ लाख ९० हजार लगानीकर्ताको आवेदन

आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमा १२ लाख ९० हजार लगानीकर्ताले आवेदन दिएका छन्।

आइएमई लाइफ इन्स्योरेन्सकोे चौथो वार्षिक साधारणसभा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सो सभामार्फत कम्पनीले आर्थिक वर्ष २०७६-०७७ को सञ्चालक समितिको प्रतिवेदनसहित वित्तीय विवरण पारित गरेको छ ।उक्त कार्यक्रममा सञ्चालक समितिको निर्वाचन गरी नयाँ सञ्चालक समितिको गठन गरिएको कम्पनीले जनाएको छ । कम्पनीमा सर्वसाधारणलाई छुट्टाइएको सेयर जारी गर्ने प्रस्ताव पारित गरी आइएमई लाइफ इन्स्योरेन्स कम्पनी र […]

आइएमई लाइफ इन्स्योरेन्सको बिजनेस एक्सिलेन्स अवार्ड

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले वार्षिक रुपमा आयोजना गरिने बिजनेस एक्सिलेन्स अवार्ड २०२१ सम्पन्न गरेको छ ।कार्यक्रममा देशभरी रहेका २४ हजार पाँच सय अभिकर्तामध्ये कार्यक्रममा आर्थिक वर्ष २०७७/०७८ सालमा उत्कृष्ट कार्य सम्पादन गरी आइएमई लाइफ इन्स्योरेन्सको कर्पोरेट क्लबमा पर्न सफल २०० जना क्लब दाबेदार, उत्कृष्ट ८ एजेन्सी मेनेजर, ३२ एमडीआरटीमा योग्य अभिकर्ता, विभिन्न विधाद्वारा चुनिएका उत्कृष्ट […]

आइएमई लाइफ इन्स्योरेन्सको च्याटबोट दोस्रो वर्षमा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले ग्राहकहरुको अनुरोधमा आफ्नो च्याटबोटलाई नयाँ स्वरुपमा लिएर आएको छ ।आइएमई लाइफ डाइरेक्टको नामबाट नयाँ स्वरुपमा आएको च्याटबोटले पहिलेभन्दा अझ बढी र गुणस्तरीय सेवा ग्राहक, अभिकर्ता तथा अन्य सर्वसाधारणलाई दिने कम्पनीले विश्वास लिएको जनाएको छ ।लाइफ इन्स्योरेन्स कम्पनीमध्ये च्याटबोटमार्फत सर्वप्रथम सेवा दिने पहिलो कम्पनी आइएमई लाइफ इन्स्योरेन्सले एक वष अघि सो सेवा […]

आइएमई लाइफ इन्स्योरेन्सले बोलायो साधारणसभा

आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले सोमवार तेस्रो साधारण सभा बोलाएको छ । सभाले आईपीओ निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै सभाले आर्थिक वर्ष २०७५/०७६ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्नेछ ।सभाले आर्थिक वर्ष २०७६/०७७ का लागि लेखापरीक्षकको नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साथै सभाले संस्थापक सेयरधनी आइएमई […]

आइएमई लाइफ इन्स्योरेन्सको साधारण सभा आज हुँदै

काठमाडौं, ३० जेठ । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको साधारण सभा हुँदै छ । कम्पनीको सभा सोमबार (आज) काठमाडौंको लैनचौरबाट भर्चुअल माध्यमबाट हुने भएको हो । कम्पनीको आज बस्ने सभाले आइपीओ निष्काशन गर्ने विशेष प्रस्ताव पारित गर्ने जनाएको छ । साथै ०७५/७६को वार्षिक प्रतिवेदनमा छलफल, ०७६÷७७ को लेखापरिक्षकको नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने भएको छ । […]