वैशाखमा स्थानीय तहको निर्वाचन नभए संवैधानिक संकट : लक्ष्मणलाल कर्ण

लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता लक्ष्मणलाल कर्ण आगामी वैशाखमा स्थानीय तहको निर्वाचन नभए संविधान र लोकतन्त्र नै संकटमा पर्ने बताउँछन् । सत्तारुढ गठबन्धनभित्र स्थानीय तहको निर्वाचनका सम्बन्धमा मतैक्यता हुन नसकेर एक प्रकारको अन्योल देखिएको समयमै कानुनका ज्ञातासमेत रहेका प्रतिनिधिसभा सदस्य कर्ण संविधान र ऐन कानुनमा स्थानीय तहको निर्वाचनबारे कुनै अन्योल नरहेको दाबी गर्दछन् ।कर्णले रातोपाटीसँग कुरा गर्दै भने,‘संविधानले स्थानीय तहका पदाधिकारीको कार्यकाल पाँच वर्ष कल्पना गरेको छ ।’