माथिल्लो त्रिशूली ‘थ्री बी’ आयोजनाले गति लियो

नेपालको पानी जनताको लगानी भन्ने कार्यक्रम अन्तर्गत निर्माणाधीन माथिल्लो त्रिशूली ‘थ्री बी’ जलविद्युत् आयोजनाको निर्माणले गति लिएको छ ।  कोरोनाको संक्रमण मत्थर हुँदै गएपछि आयोजनाको निर्माणले गति पाएको हो । रसुवा र नुवाकोट जिल्लाको सिमानामा निर्माणाधीन जलविद्युत् आयोजनाको क्षमता ३७ मेगावाट रहेको छ ।