शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको समर्थन

काठमाडौँ। मोरङ– ६ मा नेपाली कांग्रेसका उम्मेदवार शेखर कोइरालालाई बहुजन शक्ति पार्टीको पनि समर्थन हुने भएको छ। सत्ता गठबन्धनका साझा उम्मेदवार कोइरालाको समर्थनमा बहुजन शक्ति पार्टीले उम्मेदवारी निस्कृय बनाएको हो। बहुजन शक्ति पार्टी मोरङका अध्यक्ष नारायण पासवान यो क्षेत्रमा उम्मेदवार थिए।