विकासका लागि प्रदेश नं १ मा निजी क्षेत्रलाई प्रशस्त ठाउँ छ : मुख्यमन्त्री राई

पुस १४, विराटनगर  । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले प्रदेशको विकासका लागि सरकारले निजी क्षेत्रलाई पर्याप्त ठाउँ दिने बताएका छन् । सरकारसँग बजेट सानो भएकाले निजी क्षेत्रलाई स्वतः अवसर रहेको भन्दै उनले प्रदेशको विकासमा सरकारले सहयोग र समन्वय गर्न चाहेको बताए। प्रदेश नं १ को लगानी प्राधिकरणको आयोजनामा मंगलवार आयोजित दीर्घकालीन आर्थिक विकास, लगानी प्रवर्द्धन र निजी क्षेत्रको भूमिका विषयक कार्यशाला गोष्ठीका अवसरमा बोल्दै मुख्यमन्त्री राईले निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताए । उनले विकासको नाममा वस्तुको विकासलाई मात्रै प्राथमिकता दिएको र मानवीय क्षेत्रको विकासमा ध्यान नदिइएको भन्दै आफू विकेन्द्रिकृत विकासको पक्षमा रहेको स्पष्ट पारे । ‘विकासका नाममा एकैठाउँमा थोपर्ने काम भयो, शहरमा मात्रै महंगा अस्पताल बने, दुरदराजमा धामी झाँक्रीकै भर छ’, मुख्यमन्त्री राईले भने, ‘विकासले मान्छेको विकासलाई केन्द्रमा राख्नुपर्छ, मान्छेले नपाउने खालको विकासलाई सरकारले अघि बढाउनु हुँदैन ।’ उनले औद्योगिक तथा प्राविधिक रुपमा देखिने खालका ठूला विकासका संरचनाहरु निर्माण पश्चात प्राप्त हुने निश्चित मुनाफा प्रतिशत सम्बन्धित क्षेत्रमै खर्च गर्नुपर्ने गरी विकासको मोडल अघि बढाउनु पर्ने बताए । साथै वातावरणीय दृष्टिले उचित देखिएका कामलाई मात्रै विकास संरचनाका रुपमा निर्माण गर्नुपर्नेमा मुख्यमन्त्री राईले जोड दिए । कार्यक्रममा प्रदेश नं १ सरकारका प्रमुख सचिव डा रामप्रसाद घिमिरेले संघीयताकै कारण नागरिकहरुमा विकासप्रतिको आकांक्षा बढेकाले सरकारले गर्ने कामले नागरिकको विश्वास जित्न सक्नु पर्ने बताए । उनले सरकारले गर्ने लगानी कारोबार केन्द्रितलाई भन्दा उत्पादन केन्द्रित अर्थतन्त्रका लागि बढि केन्द्रित हुने जानकारी दिए । विकासका लागि निजी क्षेत्रले पनि आफ्नो क्षमता विकास गर्दै जानु पर्नेमा जोड दिंदै घिमिरेले सरकारले आवश्यक ठाउँमा सहयोग लिन र दिनसक्ने स्पष्ट पारे । मुख्यमन्त्री राईका आर्थिक सल्लाहकार राजेन्द्र राउतले शिक्षा र स्वास्थ्य लगायतका क्षेत्रमा प्रदेश नं १ मा लगानी बढ्दै गएकाले अब कृषि क्षेत्रमा लगानी बढाउनु पर्नेमा जोड दिए । कार्यक्रममा आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव सुमन दाहाल, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डाजगदीशचन्द्र पोखरेल, नेपाल सरकारका पूर्वसचिव किशोर थापा, लगानी बोर्डका निवर्तमान प्रमुख कार्यकारी अधिकृत राधेश पन्त, द एशिया फाउण्डेशनका कार्यकारी प्रबन्धक आश्रय पाण्डे लगायतले प्रदेशको विकासका लागि लगानीका क्षेत्र, लगानीको स्रोत, मोडल र मापदण्डबारे आ आफ्ना धारणा राखेका थिए । कार्यक्रममा प्रदेश लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत डा सरोज कोइरालाले प्रदेश नं १ को आर्थिक विकास र लगानीका अवसरबारे जानकारी गराएका थिए । त्यसमा प्रदेश योजना आयोगका सचिव जयकुमार घिमिरे र निजी क्षेत्रका तर्फबाट नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य अविनाश बोहराले टिप्पणी गरेका थिए ।

सम्बन्धित सामग्री

प्रदेश नं १ मा तीन मन्त्रीको शपथ

काठमाडौं : प्रदेश नं १ प्रदेश प्रमुख परशुराम खापुङले तीन मन्त्रीलाई पद तथा गोपनीयताको शपथ गराएका छन्। प्रदेश प्रमुखको कार्यालयमा आज आयोजित एक समारोहबीच दुर्गाप्रसाद चापागाईं, जीवन आचार्य र बुद्धिकुमार राजभण्डारीलाई कार्य विभाजनपछि तोकिने गरी मन्त्रीका रुपमा पद तथा गोपनीयताको शपथ गराइएको हो। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको नेतृत्वमा यही पुस २५…

प्रदेश नं १ का सभामुखद्वारा शपथ ग्रहण

झापा – प्रदेश नं १ का प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेशसभाको सभामुखमा बाबुराम गौतमलाई आज यहाँ शपथ गराए । प्रदेश प्रमुख खापुङले प्रदेश प्रमुखको कार्यालयमा सभामुख गौतमलाई प्रदेशसभा नियमावली २०७४ को नियम ८ बमोजिम शपथ गराएका हुन् । शपथ ग्रहण समारोहमा प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, निवर्तमान सभामुख प्रदीपकुमार भण्डारी लगायतको उपस्थिति थियो । सभामुख गौतमले […]

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

काठमाडौं : प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिने भएका छन्। उनले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गरेको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिए। मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरि पदभार सम्हालेका थिए। उनलाई नेकपा एमालेका ४०,…

प्रदेश नं १ का मुख्यमन्त्री कार्कीले शुक्रबार विश्वासको मत लिने

प्रदेश नं १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आउँदो शुक्रबार विश्वासको मत लिनुहुने हुनुभएको छ । उहाँले प्रदेशसभा सचिवालयलयमा पत्र पठाइ शुक्रबार विश्वासको मत लिनका लागि समय उपलव्ध गराउन अनुरोध गर्नुभएको प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले जानकारी दिनुभयो । मुख्यमन्त्री कार्कीले पुस २५ गते शपथ ग्रहण गरी पदभार सम्हाल्नु भएको थियो । उहाँलाई नेकपा एमालेका ४०, नेकपा […]

प्रदेश नं १ सरकारद्वारा कार्यविधि स्वीकृत

काठमाडौँ- प्रदेश नं १ सरकारले यातायात व्यवस्था निर्देशनालयको सङ्गठन संरचना र अस्पताल भवन निर्माण पूर्वअनुमतिसम्बन्धी कार्यविधि, २०७९ स्वीकृत गरेको छ । प्रदेश नंं १ मन्त्रिपरिषद्को आजको बैठकले सो निर्णय गरेको हो । मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा बसेको बैठकले प्रदेशसभा सचिवालयको सवारी साधनबाट दुर्घटनामा परेका मृतक एवं घाइतेको उपचार खर्च प्रदान गर्ने निर्णय गरेको छ । […]

प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव

किरात धर्मगुरु आत्मानन्द लिङदेनले प्रदेश नं १ को नाम ‘किरात सगरमाथा’ राख्न सुझाव दिनुभएको छ । मुख्यमन्त्री राजेन्द्र राईलाई बिहीबार सन्देश पत्र पठाउँदै उहाँले प्रदेश नामकरणका विषयमा ‘किरात सगरमाथा’ राख्न सुझाव दिनुभएको हो । इलामको माङसेवुङ गाउँपालिका–५ स्थित लारुम्बामा बस्दै आउनुभएका किरात धर्मगुरु लिङदेनलाई किरात धर्मालम्बीहरुले धर्मगुरु, संरक्षकका रुपमा मान्दै आएका छन् । आदिवासी सङ्ग्रहालय …

प्रदेश नं १ मन्त्रिपरिषद् बैठकः परिणाममुखी काम गर्न निर्देशन

प्रदेश नं १ को मन्त्रिपरिषद्को बैठकले प्रदेशका मन्त्रीहरूलाई साझा न्यूनतम कार्यमा दत्तचित्त भएर परिणाममुखी काम गर्न निर्देशन दिएको छ। मुख्यमन्त्री राजेन्द्रकुमार राईको अध्यक्षतामा आज बसेको बैठकले वित्तीय क्षेत्रमा सुशासन कायम गर्न र जोखिम न्यूनीकरण गर्न ब...

प्रदेश नं १ सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले सरकारले आर्थिक स्रोत, साधन एवं समयलाई ख्याल गरेर तीव्ररूपमा विकास गर्ने बताएका छन् । प्रदेश सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै आज यहाँ मुख्यमन्त्री राई, आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्की, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बो, भौतिक पूर्वाधारमन्त्री हिमाल कार्की, सामाजिक विकासमन्त्री जयराम यादव र […]

प्रदेश नं १ को नामकरणका लागि मुख्यमन्त्री राईले थाले छलफल

प्रदेश नं १ को नामकरणको लागि मुख्यमन्त्री शेरधन राईले छलफल थालेका छन् । प्रदेश नं १ को प्रदेश सभामा प्रतिनिधित्व गर्ने दलका नेताहरुसँग मुख्यमन्त्री राईले नामकरणको विषयमा परामर्श थालेका हुन् । चालू अधिवेशनबाट प्रदेशको नाम राख्नका मुख्यमन्त्री राईको तयारी छ । मुख्यमन्त्री राईले दलका नेताहरुसँग प्रदेशको नामका लागि सहमती गरेर अगाडि बढ्नु पर्ने भन्दै छलफललाई तिब्रता दिएका छन् । यसका लागि प्रदेश सभामा प्रतिनिधित्व गर्ने नेपाली कांग्रेस, माओवादी केन्द्र लगायतका दलका नेताहरुसँग मुख्यमन्त्री राईले छ

प्रदेश नं १ लाई बालमैत्री बनाउँछौंः मुख्यमन्त्री राई

मोरङ । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशलाई बालमैत्री प्रदेश घोषणा गर्ने बताएका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बालअधिकार परिषद् ललितपुरद्वारा आज यहाँ आयोजित बालअधिकारको सुनिश्चितका लागि प्रदेशस्तरीय छलफलमा उनले आवश्यक कानून एवं प्रभावकारी कार्यक्रम तर्जुमा गरी प्रदेशलाई बालमैत्री बनाउने बताए ।मुख्यमन्त्री राईले बालबालिका आजका कर्णधार एवं साझेदार हुनाका साथै भविष्यका नेतृत्वकर्ता भएकाले उनीहरुलाई सक्षम र सबल बनाउनु  आवश्यक नीति निर्माण गर्नु हाम्