भारत र चीनलाई हराउँदै नेपाली सेनाले जित्यो लुम्बिनी शान्ति म्याराथनको उपाधि

चौथो लुम्बिनी शान्ति म्याराथन २०१८ को उपाधि नेपाली सेनाका होमलाल श्रेष्ठले जितेका छन्। बिहीबार बिहान कपिलबस्तुको कुदानबाट शुरु भई लुम्बिनीस्थित मायादेवी मन्दिर परिसरमा समापन भएको दौड श्रेष्ठले २ घण्टा ५४ मिनेट ५३ सेकेन्डमा पुरा गर्दै प्रथम स्थान हासिल गरेका हुन्।