इटहरी उपमहानगरले अस्पताललाई दियो पोर्टेबल अल्ट्रासाउण्ड मेशिन

इटहरी : इटहरी उपमहानगरपालिकाले इटहरी अस्पताललाई बोकेर हिँड्न मिल्ने पोर्टेबल अल्ट्रासाउण्ड मेशिन सहयोग गरेको छ। एक कार्यक्रममा उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतम र वडा नम्बर ६ का अध्यक्ष दीपक गौतमले इटहरी अस्पतालका निमित्त प्रमुख डा. योगेश चेम्जोङ्गलाई ८ लाख रूपैयाँ बराबरको पोर्टेबल अल्टासाउण्ड मेशिन प्रदान गरे।इटहरी उपमहानगरपालिकामा प्रदेश १ सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेसन र उपमहानगरको साझेदारीमा सञ्चालित अपाङ्गगता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमअन्तर्गत सो मेशिन इटहरी अ