नेपथ्यले सामाजिक संस्था ‘मानव सेवा आश्रम’ सँग हातेमालो गरेको छ । विशेष गरी घर परिवार र आफन्तविहीन भई वा परिवार र समाजबाट अपहेलित भई मानसिक रोग लागेका मानिसहरूको सेवामा समर्पित विशुद्ध परोपकारी मुनाफारहित संस्था ‘मानव सेवा आश्रम’ एक दशकयता सक्रिय छ । यो सहकार्य अन्तर्गत नेपथ्यले आफ्ना कार्यक्रमहरू मार्फत मानव सेवा आश्रमको अभियान प्रवर्द्धन गर्नुका साथै मानवता प्रवर्धन गर्ने आवाजहरूलाई प्राथमिकताका साथ प्रस्तुत गर्नेछ । यस अभियान अन्तर्गत नेपथ्यले यो वर