पोखरा । नयाँ सरकार बनेको एक महिना नपुग्दै गण्डकी प्रदेशमा फेरि पनि सत्ता फेरिने चर्चा परिचर्चा सुरु भएको छ । राष्ट्रिय जनमोर्चाले आफ्ना सांसद कृष्ण थापालाई कारबाही गरेसँगै फेरि पनि सत्ता फेरिने चर्चा सुरु भएको हो । थापालाई पार्टीले कारबाही गरेसँगै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विश्वास प्राप्त गर्ने सम्भावना क्षीण बनेको छ । योसँगै गठबन्धन सरकार बन्ने सम्भावना बलियो भएको छ ।