काठमाडौं । क्रोएसियालाई पराजित गर्दै अर्जेन्टिना विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । कतारको राजधानी दोहास्थित लुजेल रंगशालामा मंगलबार राति भएको सेमिफाइनल खेलमा अर्जेन्टिना ३–० ले विजयी भएकाे हाे । क्रोएसिया विरुद्धको खेलमा अर्जेन्टिनालाई विजयी गराउन जुलियन अल्भारेजले दुई गोल गर्दा लियोनल मेस्सीले एक गोल थपेका हुन् । विजयी भएसँगै अर्जेन्टिनाले तेस्रो पटक विश्वकप जित्ने […]