बिमस्टेक बडापत्र निर्माणमा सहमति

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडी राष्ट्रहरूको प्रयास (बिमस्टेक)का विदेश सचिवहरूको मंगलबार काठमाडौंमा बसेको १९ औं विशेष बैठकले भन्सारमा सहकार्य, कनेक्टिभिटी, प्रविधि, कृषि, गरिबी निवारण, जनस्वास्थ्य, आतंकवाद तथा संक्रमणीय अपराधलगायत बिमस्टेकको सचिवालयलाई सुदृढ बनाउनेबारे सहमति गरेको छ ।