माथिल्लो तामाकोशीले रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण गर्ने, उत्पादन अनुमतिका लागि दियो आवेदन

काठमाडौं ।माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको सहायक आयोजनाको रुपमा रोल्वालिङ खोला जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।   आयोजनाले विद्युत् विकास विभागमा उत्पादन अनुमतिका लागि आवेदन दिएको छ । कुल २२ मेगावाट क्षमताको सो आयोजना नदी प्रवाहमा आधारित आयोजना हो । यसको डिजाइन बहाव १३ दशमलब ४ घनमिटर प्रतिसेकेण्ड रहेको छ । आयोजनाको कुल हेड २०७ मिटर रहेको छ । आयोजनाबाट वार्षिक सरदर १०५ गिगावाट घण्टा विद्युतीय ऊर्जा उत्पादन हुनेछ । यस्तै, डाईभर्सन स्किमबाट वार्षिक २१६ गिगावाट घण्टा ऊर्जा उत्पादन हुनेछ । आयोजनाको मुख्य संरचना रोल्वालिङ खोलाको दायाँ किनारामा पर्छ । रोल्वालिङ खोलामा बाँधबाँधी खोलाको दायाँपट्टी निर्माण हुने इन्टेकबाट पानी फर्काइ सो पानीलाई आयोजनाको मुख्य संरचना निर्माण गरिनेछ । आयोजनाको विद्युत् उत्पादनका लागि खोलाको पानी फर्काउन ४२ मिटर लामो र चार मिटर उचाईको कङ्क्रिट ग्रेभिटी वेयर बनाइनेछ । विद्युत् गृहमा दुई ओटा टवाईन रहनेछ । ती टबाईनबाट १० दशमलब ४९ मेगावाट बिजुली उत्पादन हुनेछ । विद्युत् उत्पादनपछि निस्केको पानीलाई ७४० मिटर लामो सुरुङमार्फत माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको जलाशयमा पानी खसालिनेछ ।   विद्युत् गृहबाट उतपादित बिजुली ८ दशमलव ४ किलोमिटर लामो ३३ केभी क्षमताको प्रसारण लाइनबाट बिगु गाउँपालिका–१ गोंगरस्थित माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको प्रस्तावित ३३/ २२० केभी सवस्टेशनमा जोडिनेछ । आयोजनाबाट २०८४ साल मङ्सिर १ गतेभित्र विद्युत् उत्पादन हुनेछ । सो आयोजना निर्माण सम्पन्न भएपछि माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको बिजुली उत्पादनमासमेत गुणात्मक वृद्धि हुनेछ । अर्धजलाशयुक्त प्रकृतिको सो आयोजनाबाट पूर्ण क्षमतामा बिजुली उत्पादनका लागिसमेत रोल्वालिङ खोला जलविद्युत् आयोजना सहयोगी हुनेछ ।   आयोजनाको डिजाइनलगायतको काम नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी एनईए इञ्जिनियरिङ कम्पनीले गरेको हो । सो आयोजनालाई प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले रणनीतिक महत्वको आयोजनाको रुपमा चित्रण गर्दै आएका छन् । रासस

सम्बन्धित सामग्री

सोलुखुम्बुमा मिडल इन्खु जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ- पछिल्ला दिनमा जलविद्युत् आयोजनाको केन्द्रका रुपमा स्थापित हुँदै गएको सोलुखुम्बुमा थप एक आयोजना निर्माण हुने भएको छ । करिब २८ मेगावाट (२७ दशमलव नौ) मेगावाट क्षमताको मिडल इन्खु जलविद्युत् आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्याङ्कनको प्रक्रिया अगाडि बढाइएको छ । वातावरणीय प्रभाव मूल्याङ्कनबाट प्राप्त विवरण सार्वजनिक गर्दैै वन तथा वातावरण मन्त्रालय र सम्बन्धित आयोजनाले […]

दरौँदीमा नौ मेगावाटको जलविद्युत् आयोजना निर्माण हुने

गोरखा, २९ भदौ । गोरखा नगरपालिका–१३ दरौँदी नदीमा अर्धजलासययुक्त जलविद्युत् आयोजना निर्माण हुने भएको छ ।  दुई अर्ब १९ करोड ९५ लाखको लागतमा उक्त आयोजना निर्माण हुन लागेको हो । मनकामना दरौँदी हाइड्रोपावर कम्पनी लिमिटेडको प्रवर्द्धनमा दरौँदी नदीमा नौ दशमलव ८४ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्न लागिएको कम्पनीका अध्यक्ष डा. डम्बरबहादुर नेपालीले जानकारी दिए […]

म्याग्दीमा १८ वटा जलविद्युत् आयोजना निर्माण हुँदै

म्याग्दी : ‘हाइड्रो हब’ का उपनाम पाएको हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलामा १८ वटा जलविद्युत आयोजना निर्माणाधीन छन्।म्याग्दीका प्रमुख नदी कालीगण्डकी, रघुगंगा, म्याग्दी र अन्य खोलाबाट १८ वटा जलविद्युत् आयोजना निर्माणाधीन रहेका नेपाल विद्युत प्राधिकरणले जनाएको छ। निर्माणाधीन १८ वटा जलविद्युत् आयोजनाबाट ६६२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य प्राधिकरणको छ।जिल्लाका २ विद्युत आयोजना निर्माण भैसकेका छन्। प्राधिकरणले जिल्लाको अन्नपूर्ण गाउँप

बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न कम्पनी दर्ता

सरकारले १२ सय मेगावाटको जलायशयुक्त बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गर्न बुढीगण्डकी जलविद्युत् पब्लिक लिमिटेड कम्पनी दर्ता गरेको छ।...

ङादी खोलामा १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण हुने

लमजुङ – लमजुङको मर्स्याङ्दी गाउँपलिकाको ङादी खोलामा हव पावर प्रालिले १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो। पानीलाई १८३६.५० मिटर लामो हेडरेस सुरुङ र ४१९ मिटर लामो पेनस्टक पाइपमार्फत् सतही विद्युतगृहमा पुर्‍याइनेछ। आयोजनाको अध्ययन पूरा भएकोले […]

ङादी खोलामा १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण हुने

लमजुङ- लमजुङको मर्स्याङ्दी गाउँपालिकाको ङादी खोलामा हव पावर प्रालिले १२.६० मेगावाटको तल्लो न्यादी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ । कम्पनीले मर्स्याङ्दी गाउँपालिकाको वडा नम्बर ६ र ७ मा पहिचान भएको आयोजना अघि बढाउन लागेको हो । पानीलाई १८३६.५० मिटर लामो हेडरेस सुरुङ र ४१९ मिटर लामो पेनस्टक पाइपमार्फत् सतही विद्युतगृहमा पुर्‍याइनेछ ।  आयोजनाको अध्ययन […]

धवलागिरिमा जलविद्युत् आयोजना निर्माण सुरु

म्याग्दी – धवलागिरि गाउँपालिका भएर बग्ने म्याग्दी र सहायक नदीमा जलविद्युत् आयोजना निर्माण हुन थालेका छन् । सर्वेक्षण र प्रक्रिया पूरा गरेर अनुमति पाएका धेरै आयोजना वर्षौंपछि निर्माणको प्रक्रियामा अघि बढेका हुन् । नेपाल विद्युत् प्राधिकरणले म्याग्दीको पश्चिमी भेगमा निर्माण हुने जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् केन्द्रीय ग्रिडमा जोड्न प्रसारण लाइन र सबस्टेशन बनाउन थालेपछि प्रवर्द्धक […]

पहिरोबाट म्याग्दीका सात जलविद्युत् आयोजना प्रभावित

पहिरोका कारण म्याग्दीका सात जलविद्युत् आयोजना निर्माण प्रभावित भएका छन् । रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो । अर्बौ लगानीमा निर्माणाधीन आयोजनाको काम नियमित नहुँदा निर्माण अवधि लम्बिने र लागत बढ्ने देखिएको छ । जिल्लामा तीन सय ५३ मेगावाट क्षमताका ११ जलविद्युत् आयोजना निर्माणाधिन छन् । जलविद्युत् …

पहिरोबाट सात जलविद्युत् आयोजना प्रभावित

रघुगङ्गा गाउँपालिकामा ४, धैलागिरिका दुई र मालिकाको एक जलविद्युत् आयोजना निर्माण प्रभावित बनेको हो।...

म्याग्दीमा १८ ओटा जलविद्युत् आयोजना निर्माण हुँदै

वैशाख २१, म्याग्दी । ‘हाइड्रो हब’ का नामले समेत परिचित हिमाली जिल्ला म्याग्दीका विभिन्न नदी तथा खोलाहरुमा १८ ओटा जलविद्युत् आयोजनाहरु निर्माणाधीन अवस्थामा रहेका छन् । म्याग्दीका प्रमुख नदीहरु कालिगण्डकी, रघुगंगा, म्याग्दी नदी र खोलाहरुबाट १८ ओटा जलविद्युत् आयोजना निर्माणाधीन अवस्थामा रहेका नेपाल विद्युत् प्राधिकरणले जानकारी दिएको छ । निर्माणाधीन १८ ओटा जलविद्युत् आयोजनामा ६६२ मेगावाट विद्युत् उत्पादनको लक्ष्य रहेको छ । जिल्लाका दुई ओटा विद्युत् आयोजना निर्माण सम्पन्न भइसकेका छन् । नेपाल विद्युत् प्राधिकरणले जिल्लाको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा दुई मेगावाट क्षमताको तातोपानी साना जलविद्युत् आयोजना निर्माण सम्पन्न गरिसकेको छ ।  त्यसैगरी, घलेम्दी हाइड्रो लिमिटेडद्वारा पाँच मेगावाट क्षमताको घलेम्दीखोला जलविद्युत् आयोजना निर्माण भइसकेको छ । त्यसैगरी नारच्याङको मिस्त्रीखोलामा माउन्टेन इनर्जी नेपालबाट ४२ मेगावाट क्षमताको मिस्ट्रीखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न भइ परीक्षणको अन्तिम चरणमा पुगेको छ । निर्माण सम्पन्न भइसकेका यी तीन जलविद्युत् आयोजनाबाट ४९ मेगावाट विद्युत् उत्पादन भएको छ । निर्माण सम्पन्न भइसकेका यी तीनओटा जलविद्युत् आयोजना बाहेक अन्य १५ ओटा जलविद्युत् आयोजनाहरु केही निर्माणाधीन अवस्थामा रहेका छन् भने केही आयोजना निर्माणको चरणमा प्रवेश गरेका जिल्ला समन्वय समिति म्याग्दीका प्रमुख देवेन्द्रवहादुर केसीले बताए । समन्वय समितिका प्रमुख केसीका अनुसार कालिगण्डकी, म्याग्दी र रघुगंगाका साथै सहायक नदीहरूबाट समेत विद्युत् उत्पादनका लागि १५ ओटा जलविद्युत् आयोजनाले काम गरिरहेका छन् । उनका अनुसार निलगिरि खोला हाइड्रोपावर लिमिटेडले ३८ मेगावाटको निलगिरि जलविद्युत् आयोजना, ७१ मेगावाटको निलगिरि २, हाइड्रो सपोर्ट प्रालिले दानामा ५३ दशमलव ५ मेगावाटको मध्यकालिगण्डकी जलविद्युत् आयोजना, म्याग्दी हाइड्रोपावरले शिखस्थित बारखोलामा १४ मेगावाटको, हिम कन्सल्टले नारच्याङमा ६ मेगावाटको रेले खोला जलविद्युत् आयोजना, कालिगण्डकी हाइड्रोपावर प्रालिले दाना र नारच्याङमा १६४ मेगावाटको कालिगण्डकी गर्ज जलविद्युत् आयोजना, रिसर्च एण्ड डेभलपमेन्ट गु्रपले ४ मेगावाटको रुप्सेखोला जलविद्युत् आयोजना निर्माणको चरणमा छन् । त्यस्तै, पश्चिम म्याग्दीको धवलागिरि गाउँपालिकास्थित मराङ, मुदी, मुनास्थित हाइड्रो इम्पायर प्रालिले ३७ मेगावाटको अपर म्याग्दी जलविद्युत् आयोजना, ४० मेगावाटको राहुघाट जलविद्युत् आयोजना, तुदी पावर कम्पनीले ३७ मेगावाटको राहुघाट मंगले, तुदी पावर कम्पनीले नै ४८ मेगावाटको अपर राहुघाट जलविद्युत् र सुंयक्त ऊर्जा खोला प्रालिले २१ दशमलव ३ मेगावाटको ठूलोखोला जलविद्युत् आयोजना निर्माणको प्रक्रिया शुरु गरेका छन् । म्याग्दी खोलामा धवलागिरि कालिका हाइड्रोपावर प्रालि २५ मेगावाटको दरबाङ म्याग्दीखोला जलविद्युत्, अपर म्याग्दी हाइड्रोपावर प्रालिले ५३ दशमलव ५ मेगावाटको अपर म्याग्दीखोला १ जलविद्युत् आयोजनाले समेत निर्माणको सुरसार गर्न थालेका छन् ।  जिल्लामा उत्पादन हुने विद्युतलाई राष्ट्रिय ग्रिडमा जोड्नका लागि दाना–खुर्कोट २२० केभी क्षमताको कालिगण्डकी करिडोर प्रसारणलाइन तयार भएको छ भने १३२ केभी क्षमताको डाँडाखेत–राहुघाट सबस्टेसन र प्रसारणलाइन निर्माणको चरणमा रहेको छ । अर्बौको लगानीमा निर्माण हुने यी जलविद्युत् आयोजनाका कारण जिल्लामा सयौ व्यक्तिहरुले रोजगारी समेत पाएका छन् भने सामुदायिक विकासको लहर समेत चलेको जनप्रतिनिधिहरुले बताएका छन् ।