काठमाण्डाै - शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आज तीन वटा खेल हुँदैछन् ।
काठमाण्डौको त्रिपुरेश्वरमा रहेको दशरथ रङ्गशालामा हुने आजको पहिलो खेलमा एफसी खुमलटार र त्रिभुवन आर्मी क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । दशरथ रङ्गशालामा नै हुने आजको दोस्रो खेलमा बेलुका ६ बजे चर्च ब्वाइज युनाइटेड र नेपाल पुलिस क्लब खेल्नेछन् ।
त्यस्तै, ललितपुरको एन्फा कम्प्लेक्समा हिमालयन शेर्पा क्लब र एपीएफ क्लबबीच दिउँसो ३ बजे खेल हुनेछ । १४ टोली सहभागी लिगको पुछारका दुई वटा टोली रेलिगेशनमा परेर ‘बी’ डिभिजन...