इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, चेल्सी र बर्नली विजयी

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले उपाधि होड कायमै राखेको छ । गएराति भएको खेलमा एभर्टनलाई २–० गोल अन्तरले हराउँदै लिभरपुलले शीर्ष स्थानको म्यानचेस्टर सिटीसँगको अङ्क दूरी एकमा झारेको छ । म्यानचेस्टर सिटी ८० अङ्कका साथ शीर्ष स्थानमा छ भने लिभरपुल ७९ अङ्कका साथ दोस्रो स्थानमा छ । घरेलु मैदानमा लिभरपुललाई जितलाउन एन्ड्रयु रोबर्टसन र डिभोग ओरिगीले एक/एक गोल गरेका थिए । यस्तै, गएराति नै भएका अरु खेलमा चेल्सी र  बर्नली विजयी भएका छन्  भने ब्राइटन र साउथह्याम्टनले दुई/दुई  गोलको बराबर...