ललिता निवासको जग्गा प्रकरणमा सरकारले चासो दिएनः प्रेम सुवाल

नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ललिता निवासको जग्गा प्रकरणमा सरकारले नै चासो नदिएको गुनासो गरेका छन् । सोमवार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता भएको मुद्दा नेपाल प्रहरीले अघि बढाएपनि सरकारले अदालतमा नपठाएको बताए ।  सांसद सुवालले सरकारले मनलाग्दी गर्न पाउने हो भन्दै प्रश्नसमेत गरे । उनले जिल्लाका प्रहरी अधिकारीहरुले जनताको समस्याका बारेमा मन्त्रालय वा अधिकारीलाई पन्छाउने काम गरिरह