कोरोना संक्रमण बढ्न थालेसँगै स्वास्थ्य मापदण्ड पालना गर्न मन्त्रालयको अपिल

काठमाडौं, ६ साउन । पछिल्लो समय नेपालमा कोरोना संक्रमण बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सह–प्रवक्ता डा. समिरकुमार अधिकारीले १० बुँदे सुचना जारी गर्दै स्वास्थ्य मापदण्ड पालना गर्न अनुरोध गरेका हुन् । वढदो वर्तमान संक्रमणको अवस्थासँगसँगै बढ्दो जोखिमलाई मध्य नजर गरी मन्त्रालयले सुचना जारी गर्दै संक्रमण रोकथाम, नियन्त्रण गर्दै जोखिमलाई काम गर्न सम्बद्ध […]

सम्बन्धित सामग्री

बेनीमा निषेधाज्ञा : धवलागिरि गाउँपालिकाको सेवा बन्द

म्याग्दी । समुदाय स्तरमै कोरोना संक्रमणको दर बढेपछि म्याग्दीमा बुधबार राती १२ बजेदेखि १० दिने निषेधाज्ञा जारी भएको छ । धवलागिरि गाउँपालिकामा पनि  समुदाय स्तरमा कोरोना संक्रमण फैलिएपछि पालिकाको सेवा अनिश्चितकालका लागि बन्द गरिएको छ । बुधवार गाउँपालिका अध्यक्ष थमसरा पुनद्वारा जारी गरिएको सूचनामा वैशाख २३ गतेदेखि अर्को सूचना जारी नभएसम्मका लागि गाउँपालिका, वडा र सेवा केन्द्रमार्फत प्रवाह हुने नियमित सेवा बन्द गरिएको जनाइएको छ । यसअघि विद्यालयमा भौतिक रुपमा उपस्थित भई पठनपाठन बन्द गरिएकामा कोरोनाको जोखिम न्यूनीकरण नभएपछि थप कदम चालिएको गाउँपालिकाले बताएको छ । गाउँपालिकाले नागरिकलाई मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले हात धुन र स्यानिटाइज गर्ने कार्यमा जोड दिन आग्रह गरेको छ । गाउँपालिकाले नागरिकलाई भीडभाड नगर्न, काजकिरिया, जन्ती, मलामी तथा अन्य सांस्कृतिक कार्यमा समेत भिड नगर्न र स्वास्थ्य मापदण्ड पालना गर्न, विदेशबाट र जोखिमयुक्त ठाउँबाट आएकालाई १० दिन अनिवार्य होम क्वारेन्टाइन बस्न र लक्षण देखिए तुरुन्तै स्वास्थ्य परीक्षण गराउनसमेत सुझाइएको छ । बुधवार ताकममा गरिएको एन्टिजिन परीक्षणमा ४ जनामा पोजेटिभ देखिएको छ । गाउँपालिकाका अनुसार धवलागिरिमा हालसम्म ९ जनामा कोरोना संक्रमण पुष्टि भएकामा ४ जना बेनीका छन् भने अन्य आफ्नै घरमा होम आइसोलेसनमा बसेका छन् । म्याग्दीमा पछिल्लो समय कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । बेनी अस्पतालमा उपचार गराउन आएका र लक्षण देखिएका ४२ जनाको स्वाब संकलन गरी पिसिआरका लागि पोखरा पठाइएकामध्ये २९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय म्याग्दीले जनाएको छ । यो संख्याको संक्रमण म्याग्दीमा अहिलेसम्मकै बढी हो । संक्रमितमध्ये बेनी नगरपालिकाका १७, धवलागिरि गाउँपालिका ६, मंगला गाउँपालिका १, मालिका गाउँपालिकाका १, रघुगंगा गाउँपालिकाका र छिमेकी जलजला गाउँपालिकाका ३ जना रहेका छन् । सबै संक्रमतिको स्वाब बेनी अस्पतालमा संकलन गरी पिसिआरका लागि पोखरा पठाइएको थियो । योसँगै म्याग्दीमा संक्रमितको संख्या ९९ पुगेको छ । जिल्लाभित्र हालसम्म ३ सय ४६ जनालाई कोरोना संक्रमण भएकामा दोस्रो लहरमा संक्रमति हुनेको संख्यासमेत १ सय नाघेको छ । संक्रमितमध्ये अधिकांश सदरमुकाम बेनी आसपासका र केही ग्रामीण क्षेत्रका रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । कोरोना संक्रमण समुदायमा फैलिन थालेपछि सदरमुकाम बेनीको अवस्था भयावह बन्दै गएको छ । दोस्रो लहरमा संक्रमति हुनेहरू बाहिरी जिल्लाबाट आएका रहेको स्वास्थ्य कार्यालयका प्रमुख एकनारायण लम्सालले बताए । ‘समुदाय स्तरमै कोरोना फैलिएको छ । हामीले अनुमान गरेभन्दा बाहिरको अवस्था आउन सक्छ,’ प्रमुख लम्सालले भने । समुदाय स्तरमै संक्रमण फैलिइसकेको अवस्थामा सतर्कता अपनाउन अपिल गरिए पनि सर्वसाधारणबाट पालना नभएकाले म्याग्दीमा संक्रमितको संख्या ह्वात्तै बढ्ने अनुमान गरिएको छ ।

अस्पतालबाट डिस्चार्ज भएसँगै मदनकृष्ण श्रेष्ठको यस्तो अपिल (भिडिओ)

न्युज अफ नेपाल, काठमाडौँ । कोरोेना संक्रमित चर्चित हास्यकलाकार मदनकृष्ण श्रेष्ठ डिस्चार्ज भएका छन् । संक्रमण भएसँगै मेडिसिटि अस्पतालमा भर्ना भएका उनले आफ्नो फेसबुकमार्फत एक भिडिओ सन्देश जारी गर्दै आफ्नो स्वास्थ्यलगाएत विषयमा विभिन्न जानकारी दिएका छन् । कोरोना संक्रमण निकै भयावह रुपमा फैलिएका कारण सबैलाई सुरक्षित रहन र स्वास्थ्य मापदण्ड पालना गर्न श्रेष्ठले आग्रह गरेका […]