अर्जेन्टिनाले महामारीको कारण ‘कोपा अमेरिका’ आयोजना नगर्ने

अर्जेन्टिनाले देशभरि कोरोनाभाइरस सङ्क्रमणको समस्या कम हुन नसकेको भन्दै खेल आयोजना गर्न नसक्ने बताएपछि कोपा अमेरिकाका लागि नयाँ आयोजकको खोजी भइरहेको दक्षिण अमेरिकी फुटबल महासंघले आइतबार जानकारी गराएको छ । कोलम्बिया र अर्जेन्टिनाले संयुक्त रुपमा आयोजना गर्ने उक्त ‘फुटबल प्रतियोगिता’ यही जुन १३ देखि सुरू गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ ।  महामारीको कारण उक्त प्रतियोगितालाई अघिल्लो वर्ष स्थगित गरी यो बर्ष आयोजना गर्ने तयारी भइरहेका समय आयोजकले नै स्वास्थ्य सङ्कटका कारण खेल