अब पालो बिमा क्रान्तिको

गत वर्ष मार्च महिनाको अन्तिमतिर बारामा आएको तुफान (ट्रोनाडो) बाट झन्डै १ हजार २ सयजति स्थानीय जनता प्रभावित बन्न पुगे । सरकारले सो क्षेत्रमा संकटकाल घोषणा गरी आर्थिक सहयोगका लागि सबैसँग याचना गय्रो । झन्डै ३ करोड जनसंख्या भएको देशमा जम्मा हजार जनालाई राहत दिने क्षमता सरकारसँग नरहनुले पनि नेपालमा बिमाको दयनीय अवस्था उजागर गर्छ । यो त एउटा उदाहरण मात्र हो तर अलिकति जोरले हावा चल्यो, बढी पानी प¥यो र जमिन हल्लियो भने पनि बैंक खाता खोली रकम जम्मा गर्न सार्वजनिक आह्वान गर्ने नेपाल सरकारको चलन हेर्दा सरकार सरकार जस्तो भन्दा पनि कम्पनी जस्तो देखिने गरेको छ ।