इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र म्यानेचस्टर सिटीले बराबरी खेले

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र म्यानेचस्टर सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र सिटी तथा क्रिस्टल प्यालेस र लेस्टर सिटीले २–२ गोलको बराबरी खेलेका हुन् । बराबरीसँगै लिभरपुलले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । लिभरपुल ७ खेलमा १५ अङ्क जोडेर दोस्रो स्थानमा रहेको छ । सिटी १४ अङ्क जोडेर तेस्रो स्थानमा रहेको छ । यस्तै, गएराति भएकाे अरु खेलमा  टोटनह्यामले एस्टोन भिल्लालाई २ –१ गोल अन्तरले पराजित गरेको छ । यस्तै, ब्रे...

सम्बन्धित सामग्री

इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल र चेल्सीले बराबरी खेले

काठमाण्डाै - इङ्ग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल र चेल्सीले बराबरी खेलेका छन् । गएराति भएको खेलमा लिभरपुल र चेल्सीले एक/एक गोलको बराबरी खेलेका हुन् । खेलको २२ औं मिनेटमा काइ हाभर्टेजले हेडमार्फत गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको इन्जुरी समयमा लिभरपुलका मोहमद सलाहले पेनाल्टीमा गोल गरे । चेल्सीका डिफेन्डर रिस जेम्सले हातले बल रोकेपछि लिभरपुलले पेनाल्टी पाएको थियो । रेफ्रीले जेम्सलाई रातो कार्ड दिएपछि लिभरपुल १० खेलाडीमा समेटिएको थियो ।