पोखरा – गएको वैशाखमा सम्पन्न स्थानीय तह निर्वाचनमा नम्डु गुरुङ २७ मतान्तरले वडाध्यक्षमा पराजित भए। मुस्ताङको लोमान्थाङ गाउँपालिका–४ को वडाध्यक्षमा कांग्रेसका तर्फबाट उम्मेदवार बनेको उनले नेकपा एमालेका छिरिङ धिण्डु गुरुङसँग पराजय भोग्नु पर्यो। वडामा पराजय भोगेका उनै नम्डुले मुस्ताङ ‘क’ प्रदेश सभाको टिकट हात पारेर निर्वाचित भएका छन्। मंसिर ४ मा भएको निर्वाचनमार्फत मुस्ताङका मतदाताले […]