नमोबुद्धका किसानलाई बाख्रा वितरण

काठमाडौँ,२४ जेठ । किसानको आयस्तरमा वृद्धि गर्ने उद्देश्यले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८ का किसानलाई उन्नत जातका बाख्रा वितरण गरिएको छ । बागमती प्रदेश सरकारको सहयोगमा उक्त वडाका ४५ किसानलाई नगरप्रमुख कुनसाङ लामाले बाख्रा वितरण गरेका छन् । नगरप्रमुख लामाले किसानको आर्थिक अवस्था उकास्नका लागि आवश्यक बजेट व्यवस्थापन गरी बाख्रा वितरण गरेको बताए । प्रमुख प्रशासकीय अधिकृत […]

सम्बन्धित सामग्री

वैतेश्वरका किसानलाई अनुदानमा बाख्रा वितरण

दोलखा– जिल्लाको वैतेश्वर गाउँपालिकामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना बाख्रा पकेट कार्यक्रम मार्फत आएको सात लाख अनुदानमा ६४ वटा बाख्रा वितरण गरिएको छ । गाउँपालिकाले पालिका भित्र कानुनीरूपमा दर्ता भएर बिमा गरेर नै बाख्रा पालनमा लागेका ७ वटा फार्म छनोट गरी एक फार्म बराबर ९ वटाका दरले किसानलाई बाख्रा खरिद गरी वितरण गरेको वैतेश्वर गाउँपालिकाकी उपाध्यक्ष […]

खाेटाङकाे हलेसीमा आत्मनिर्भर बनाउन किसानलाई भैँसी र बाख्रा

खाेटाङ - हलेसी तुवाचुङ नगरपालिकाले चालु आर्थिक वर्षको कार्यक्रमअन्तर्गत किसानलाई भैँसी र बाख्रा वितरण गरेको छ । किसानलाई दूध र मासुमा आत्मनिर्भर बनाउन चालु आवको कार्यक्रमअन्तर्गत उन्नत जातका भैँसी र बाख्रा वितरण गरिएको हो । ११ वडा रहेको यस नगरपालिकाले ४४ किसानलाई माउ भैँसी वितरण गरेको छ भने ४४ बोयर जातका बोका वितरण गरेको छ ।   किसानलाई दूधमा आत्मनिर्भर बनाउँदै दूधबाट आम्दानी भित्र्याउने लक्ष्य लिइएको नगरपालिकाले यसअघि दुई माउ भैँसी पालिरहेका किसानलाई थप एक माउ क्रस भैँसी प्रदान गरेको पशु सेवा शाखाक...

हलेसी तुवाचुङ नगरपालिकाद्धारा किसानलाई बाख्रा वितरण

काठमाडौं,१७ असार । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले नगरवासीलाई दूध र मासुमा आत्मनिर्भर बनाउन आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रम नै पारित गरेको छ । निर्वाहमुखी कृषि प्रणाली अपनाउँदै आएका किसानलाई व्यावसायिक बनाउँदै उनीहरूको आम्दानीको स्रोत बढाउन नगरपालिकाले यस आवका लागि करिब तीन करोड बराबरको बजेटसमेत विनियोजना गरेको छ । सुक्खाग्रस्त क्षेत्रमा पर्ने यस नगरवासीलाई […]

बाख्रापालनको व्यावसायीकरणमा जोड

रामपुर, १० वैशाख । बाख्रापालनलाई व्यावसायीकरण गर्न पाल्पाको निस्दी गाउँपालिकाका किसानलाई माउ बाख्रा वितरण गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत निस्दी–४ मा साना व्यावसायिक उत्पादन केन्द्रको बाख्रा पकेट कार्यक्रममा आवद्ध किसानलाई माउ बाख्रा प्रदान गरिएको छ । पकेट कार्यक्रममा सहभागी रहेका ५५ किसानलाई प्रतिव्यक्ति एक÷एकका दरले माउ बाख्रा वितरण गरिएको गाउँपालिकाका पशुस्वास्थ्य शाखा प्रमुख […]

चन्दननाथका किसानलाई भैंसी र बाख्रा वितरण

जुम्लाको चन्दनाथ नगरपालिकाले व्यावसायिक किसानलाई दुहुना भैंसी र उन्नत जातका बाख्रा वितरण गरेको छ । व्यवसाय प्रर्बद्धनसँगै आयआर्जन वृद्धि गरी किसानको जीविकोपार्जनमा सुधार ल्याउने लक्ष्यका साथ चन्दननाथले किसानलाई अनुदानमा भैंसी र उन्नत बाख्रा वितरण गरेको हो ।चन्दननाथ नगरपालिकाका वडा नं.३,८ र ९ का किसानलाई गाउँमै पुगेर भैंसी, राँगा र उन्नत जातका बाख्रा वितरण गरिएको मेयर […]

बेलबारीको विवादास्पद बाख्रा खरीदमा जनप्रतिनिधिको साठगाँठ

१४ असार, विराटनगर । मोरङको बेलबारी नगरपालिकामा अष्ट्रेलियन (फुल ब्लड) बोयर भन्दै किसानलाई नवलपरासीको बाख्रा वितरण गर्ने ठेकदारसँग जनप्रतिनिधिको साँठगाँठ रहेको पाइएको छ । बाख्रा खरिदको केही दिनअघि बाख्रा आपूर्तिको जिम्मा पाएको सप्लायर्सका प्रतिनिधिसँग जनप्रतिनिधिले दोलखाको …

किसानले फिर्ता गरे पालन–अयोग्य बाख्र

रुकुम । रुकुमका किसानले मापदण्ड विपरीतका (पालन तथा उत्पादन अयोग्य) बाख्रा फिर्ता गरेका छन् । बाख्रापालन किसानलाई वितरणका लागि ल्याइएका बाख्रा गुणस्तरीय नभएपछि किसानले लिन अस्वीकार गरेका हुन् । आर्थिक वर्ष २०७७/७८ मा नगरपालिकाका किसानलाई वितरण गर्न ल्याइएकामध्ये २६ ओटा बाख्रा फिर्ता गरिएको नगरपालिकाले बताएको छ । बाख्रा खरीदका लागि गरिएको टेन्डरअनुसार सम्झौता गरेको ठेकेदार कम्पनीले ल्याएका बाख्रा पालन तथा उत्पादनयोग्य नभएको र किसानले समेत लिन अस्वीकार गरेकाले फिर्ता पठाइएको मुसिकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सुशील गौतमले जानकारी दिएका छन् । उनले भने, ‘ठेकेदारले पहिलो चरणमा ल्याएका ५६ ओटा बाख्रामध्ये २६ ओटा फिर्ता पठाइएको हो ।’ नगरपालिकाले यहाँका विभिन्न योजना तथा कार्यक्रमको प्रभावकारिताका बारेमा अनुगमन गरिरहेको छ । कार्यक्रमको लक्ष्य तथा उद्देश्य विपरीत हुने हरेक खालका कार्यलाई अनुगमन गरेर निरुत्साहन गरिने उनको भनाइ छ ।   संघीय  सरकार र मुसिकोट नगरपालिकाको साझेदारीमा किसानलाई बाख्रापालनमा व्यावसायिक बनाएर आर्थिक उपार्जनमा जोड्ने उद्देश्यले बाख्रा वितरण कार्यक्रम राखिएको थियो । यस वर्ष १५० ओटा बाख्रा वितरण गर्ने कार्यक्रम छ । बाँकी बाख्रा अब तत्कालै ल्याएर वितरण गरिने नगरपालिकाको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकरी दिएकी छिन् । पहिलो चरणमा ल्याइएकामध्ये २६ ओटा बाख्रा कुनै साना, कुनै बुढो भएका र प्रजननयोग्य नदेखिएकाले किसानसँग सहकार्य गरेर अरू नै ल्याउनेगरी ठेकेदारलाई नै फिर्ता गरिएको छ । बाख्रा खरीद र वितरणका लागि केयर फार्म नेपाल प्रालि नेपालगञ्जले सम्झौता गरेको थियो । यसका लागि संघीय सरकार र मुसिकोट नगरपालिकाको संयुक्त बजेटबाट १८ लाख ४२ हजार रुपैयाँको टेन्डर आह्वान गरिएको थियो । यसमा बाख्रा खरीद, घाँस, औषधि समेतको व्यवस्थाका लागि बजेट विनियोजन गरिएको थियो ।

पाल्नयोग्य नभएपछि किसानले फिर्ता गरे बाख्रा

जेठ २८, रुकुम ।  रुकुमका किसानले मापदण्ड विपरितका ल्याइएको बाख्रा फिर्ता  गरेका छन् । किसानलाई वितरण गर्ने भनी ल्याइएका बाख्रा किसानहरूले नै लिन अस्वीकार गरेका हुन् ।  वितरणका लागि ल्याइएका बाख्रा मापदण्ड विपरीतका भएको खुलासा भएपछि जिल्लाको मुसिकोट नगरपालिकाले मापदण्ड विपरितका बाख्रा फिर्ता गरिदिएको छ ।आर्थिक वर्ष २०७७/ ०७८ मा नगरपालिकाका किसानलाई वितरण गर्न ल्याइएकामध्ये २६ ओटा बाख्रा फिर्ता गरिएको नगरपालिकाले बताएको छ । बाख्रा खरीदका लागि गरिएको टेन्डरअनुसार सम्झौता गरेको ठेकेदार कम्पनीले ल्याएका बाख्रा पाल्नयोग्य तथा उत्पादनयोग्य नभएका र किसानले समेत लिन अस्वीकार गरेकाले फिर्ता पठाइएको मुसिकोट नगरपालिकाका सामाजिक विकास समितिका संयोजक सुशील गौतमले जानकारी दिए ।  उनले भने, ‘ठेकेदारले ल्याएका ५६ ओटा बाख्रामध्ये २६ ओटा बाख्रा फिर्ता पठाइएको हो ।’ नगरपालिकाले यहाँका विभिन्न योजना तथा कार्यक्रमको प्रभावकारिताका बारेमा अनुगमन गरिरहेको छ । कार्यक्रमको लक्ष्य तथा उद्देश्य विपरीत हुने कार्यलाई अनुगमन गरेर निरुत्साहित गरिने सामाजिक विकास समितिका संयोजक गौतमको भनाइ छ ।   संघीय  सरकार र मुसिकोट नगरपालिकाको साझेदारीमा किसानलाई व्यावसायिक बनाएर आर्थिक उत्पादनमा जोड्ने उद्देश्यले बाख्रापालन कार्यक्रम राखिएको थियो । यसवर्ष १५० ओटा बाख्रा वितरण गरिने कार्यक्रम रहेको छ । बाँकी बाख्रा अब तत्कालै ल्याएर वितरण गरिने नगरपालिकाको पशु सेवा शाखा प्रमुख सरस्वती सापकोटाले जानकरी दिइन् ।  पहिलो चरणमा ल्याइएकामध्ये २६ ओटा बाख्रा कोही साना, कोही बूढो भएका र मापदण्डभित्रका नभएकाले फेरि किसानसँग सहकार्य गरेर ल्याउने गरी ठेकेदारलाई नै फिर्ता गरिएको छ । बाख्रा खरीद  र वितरणका लागि केअरफाम नेपाल प्रालि नेपालगञ्जले सम्झौता गरेको थियो । यसका लागि सङ्घीय सरकारको सहयोगमा मुसिकोट नगरपालिकाले संयुक्त बजेटबाट १८ लाख ४२ हजार रुपैयाँको टेन्डर आह्वान गरेको थियो ।

भद्रपुर नगरपालिकाले बाँड्यो उन्नत जातका बाख्रा - Naya Patrika

भद्रपुर नगरपालिकाले १० जना किसानलाई बाख्रा वितरण गरेको छ । किसानलाई उन्नत खरी जातका ५० वटा बाख्रा र बोयर जातका दुईवटा बोका वितरण गरिएको नगरपालिकाका पशु स्वास्थ्य शाखा प्रमुख गणेश...पूरा पढ्नुहोस् »