संखुवासभाको मेन्छयायम हाइड्रोपावरले अन्तिम परीक्षण सम्पन्न गरेर उत्पादन सुरु गरेको छ । चैनपुर नगरपालिका २ पिलुवा खोलामा निर्मित ४ दशमलव ७२ मेगावाट क्षमताको यस आयोजनाले विद्युत् उत्पादन सुरु गरेको हो । मेन्छयायमबाट उत्पादित बिजुली चैनपुरकै बानेश्वरस्थित २२० केभीको सबस्टेसनमा जोडिने छ । १ अर्ब बढीको लागत लागेको आयोजना निर्माण सम्पन्न गर्न ६ वर्ष लाग्यो । आयोजनामा नबिल बैंक र राष्ट्रिय वाणिज्य बैंकको ऋण लगानी छ । आयोजनाको उद्योगपति विनोद चौधरीले उद्घाटन गरेका थिए । संखुवासभाको चैनपुर नगरप