गायक प्रकाश सपूत कोरोना संक्रमित

काठमाडौं। चर्चित गायक तथा नवनायक प्रकाश सपूत कोरोना संक्रमित भएका छन्। काठमाडौं मेडिकल कलेजमा गरिएको पीसीआर परीक्षणबाट कोरोना पोजिटिभ देखिएको हो। होम आइसोलेसनमा बसेका प्रकाशलाई शरीर दुख्ने, गल्ने, छटपटी हुने, टाउँको भारी हुने, घरीघरी श्वास बढ्ने जस्ता समस्या देखिएको थियो। अहिले भने आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको प्रकाशले बताए। लक्षण सामान्य भएपनि कोरोना संक्रमणले निकै हतोत्साहित गराएको उनले भने।

सम्बन्धित सामग्री

गायक प्रकाश सपूत कोरोना संक्रमण मुक्त

काठमाडौं। गायक प्रकाश सपूत कोरोना संक्रमण पराजित गरेका छन्। उनीसँगै उनका भाइ देबेन्द्रले पनि कोरोनालाई पराजित गरेका छन्। उनीहरुको आमा अझै संक्रमित नै छन्। उनले सामाजिक सञ्जालमार्फत कोरोना संक्रमणमुक्त भएको जानकारी दिएका हुन्। यही बैशाख १६ गते कोरोना संक्रमित भएका थिए। संक्रमण पुष्टि भएपछि उनी होम आइसोलेसनमा बसेका थिए।