नेकपा (एस)को पोलिटब्युरोमा माधव नेपालको प्रतिवेदन र स्थानीय निर्वाचनमा छलफल हुँदै

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)को पहिलो पोलिटब्युरो बैठक सुरु भएको छ । बैठकमा अध्यक्ष माधवकुमार नेपालको प्रतिवेदन पेस भएको छ । केन्द्रीय कमिटिका एजेन्डा तय गर्ने तथा राष्ट्रिय राजनीतिको समीक्षा गर्दै पार्टीलाई नीतिगत निर्देशन तय गर्ने बैठकमा एमसीसीको व्याख्यात्मक टिप्पणी र त्यसका विषयमा पार्टीले लिएको बाटोसहितको राजनीतिक प्रतिवेदन पेस भएको हो...