अपडेट :  रेनु दाहालले मतान्तर बढाउँदै, कसको कति मत आयो ?

चितवनको भरतपुर महानगरपालिकाको जारी मतगणनामा मेयरका उम्मेदवार रेनु दाहालले मतान्तर बढाउँदै लगेकी छन् । उनले आइतबार बिहानसम्म २५८१ गन्दा ९८० मत पाएकी छन् । यस्तै एमालेबाट मेयर उम्मेदवार बिजय सुवेदीले ८७१ मत पाउँदा स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत पाएका छन् । यस्तै उपमेयरमा काँग्रेसका चित्रसेन अधिकारीले ११०१ तथा राप्रपाकी हिमला गुरुङले १०१९ मत पाएकी छन् ।