बेरोजगार विद्यार्थीलाई २० घण्टा रोजगारी माग राख्दै अखिल क्रान्तिकारीको ज्ञापनपत्र

१९ चैत, काठमाडौँ । अखिल क्रान्तिकारीले विभिन्न १८ बुँदे माग राख्दै त्रिभुवन विश्वविद्यालयमा ज्ञापनपत्र बुझाएको छ । अध्यक्ष रन्जित तामाङको नेतृत्वमा गएको टोलीले उपकुलपतिलाई ज्ञापन पत्र बुझाउँदै क्याम्पसमा पढ्ने बेरोजगार विद्यार्थीका लागि हप्ताको कम्तिमा २० घण्टा रोजगारीको ग्यारेण्टीको माग राखेका छन् । उनीहरुले कोभिड १९ र लकडाउनको समयावधिको सम्पूर्ण शुल्क मिनाहाको समेत माग गरेका छन् […]