उम्मेदवार नभएका क्षेत्रको मतपत्रमा चुनाव चिन्ह नराख्न माओवादीकाे माग

नेकपा माओवादी केन्द्रले उम्मेदवार नभएका स्थानीय तहमा मतपत्रमा चुनाव चिन्ह नराख्न माग गरेको छ। उम्मेदवारै नभएको स्थानीय तह प्रमुख र उपप्रमुखसहित वडाका मतपत्रमा चुनाव चित्त नराख्न शुक्रबार निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको हो।स्थानीय चुनावमा सत्ता गठबन्धन भएपछि अधिकांश क्षेत्रमा उम्मेदवारै नहुने भएपछि माओवादीले मतपत्रमा समेत चुनाव चिन्ह हटाउन आग्रह गरेको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए। ‘सबै स्थानीय तहका प्रमुख र उपप्रमुखसहित वडामा दलका उम्मेदवार नहुन सक्छन् त्यस्तो अवस्था चाहिने