५ देखि १२ वर्षका बालबालिकाका लागि यसै महिना काेराेना खाेप ल्याइन्छ : मन्त्री खतिवडा

काठमाण्डाै – सरकारले यसै महिना पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको खोप ल्याउने भएको छ । राष्ट्रिय सभाको संयोजन तथा विश्व स्वास्थ्य सङ्गठनको प्राविधिक सहयोगमा सांसदहरूसँग आज मङ्गलवार भएको अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री विरोध खतिवडाले याे जानकारी दिनुभएकाे हाे । उहाँले भन्नुभयाे, ‘पाँचदेखि १२ वर्ष उमेर समूहका बालबालिकाका लागि यसै महिना खोप ल्याउने तयारी भइरहेको छ ।’ यो महिनाभित्र खोप ल्याउन सकेमा अर्को महिनादेखि लगाउन सुरु गर्ने उहाँको भनाइ&nbs...