धनगढीमा हातहतियारसहित एक जना पक्राउ

धनगढी उपमहानगरपालिका–१५ उर्मा बस्ने ५५ वर्षीय ज्ञानी रानालाई हातहतियारसहित प्रहरीले पक्राउ गरेको छ । भरुवा बन्दुक एक थान, गन्दक आठ सय ग्राम, बारुद एक सय ग्राम र छर्रा १२ पिससहित शुक्रबार दिउँसो उनलाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी कनरीबाट खटिएको संयुक्त प्रहरी टोलीले उनको घर खानतलासी गर्दा उक्त हातहतियारहरू फेला पारी पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित सामग्री

नगदसहित एक जना पक्राउ

जनकपुरधाम – धनुषामा ३८ लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन्। नगराइन नगरपालिका– २ बाट स्रोत नखुलेको ३८ लाख ३५ हजार रुपैयाँसहित बिहीबार एक जना पक्राउ परेका हुन्। भारतबाट नेपालतर्फ लुकाई छिपाई ल्याउँदै गर्दा लक्ष्मीनिया गाउँपालिका–१ सिनुरजोडका २३ वर्षीय अमितकुमार यादव पक्राउ परेको सशस्त्र प्रहरीका प्रहरी उपरीक्षक नरेन्द्र सेनले बताए।