चैत ११ र १२ गते कीर्तिपुरमा नेपालभाषा साहित्य नख: आयोजना हुने

काठमाडौं : चौथो नेपालभाषा साहित्य नख: कीर्तिपुरमा आयोजना हुने भएको छ। चैत ११ र १२ गते आयोजना हुने महोत्सवमा नेपालभाषाका पुस्तकहरु विमोचनका साथै विभिन्न विषयमा अन्तर्क्रिया कार्यक्रम आयोजना हुनेछ। नेपालभाषा टाइम्सले विगत पाँच वर्षदेखि नेपालभाषा साहित्य नख: आयोजना गर्दै आइरहेको छ। यसपटकको नख: मा ‘नेवा: ऋतु म्ये’ विषयमा वरिष्ठ संगीतकर्मी रामकृष्ण दुवालसँग…