वर्षमा झण्डै ३ करोडको दाँत कोट्याउने सिन्का आयात

९ साउन, काठमाडौं । नेपालमा दाँत कोट्याउने सिन्काको आयात यो वर्षमा झन् बढेको छ । एक वर्षमा नेपालमा २ करोड ७१ लाख मूल्यको ‘टूथ पिक्स’ आयात भएको हो । भन्सार विभागको तथ्यांक अनुसार एक वर्षमा ८ लाख ८६ हजार किलो टुथ पिक आयात भएको हो । यसबाट सरकारले ८३ लाख रुपैयाँ राजस्व असुल गरेको छ […]

सम्बन्धित सामग्री

नेपालीले ८ महीनामा झण्डै ५ करोडको सिन्का भाँचे !

काठमाडौं । नेपालले चालू आर्थिक वर्षको ८ महीनामा ४ करोड ८८ लाख ९२ हजार रुपैयाँ बराबरको दाँत कोट्याउने सिन्का (tooth pick) आयात (import) गरेको छ । उक्त मूल्यको २ लाख ३६ हजार ४२८ किलोग्राम सिन्का आयात गरेको भन्सार विभागको तथ्यांक छ । गत वर्षको सोही अवधिमा भने नेपालले ६ करोड ६८ लाख ४९ हजार रुपैयाँ बराबरको दात कोट्याउने सिन्का आयात गरेको थियो । उक्त मूल्यको २ लाख ८१ हजार ६४९ किलोग्राम सिन्का नेपाल भित्रिएको थियो । उक्त वस्तु आयातमा सरकारले २ करोड ६ लाख १९ हजार राजस्व संकलन गरेको थियो भने यो वर्ष १ करोड ७९ लाख ४१ हजार राजस्व संकलन भएको छ ।  नेपालले चीन, थाइल्याण्ड, अस्ट्रेलिया, भुटान, डेनमार्क, भारत, इटाली, जापान, नेदरल्याण्ड्स, सिङ्गापुर, श्रीलंका, थाइल्याण्ड लगायतका देशहरूबाट दाँत कोट्याउने सिन्का आयात गर्ने गरेको छ ।