काली गण्डकी माथि बन्यो नेपालकै पहिलो स्काई चियर, कफी पिउँदै हिमाल र बन्जीको मज्जा लिन सकिने

कुश्मा । एशिया कै नमुना झोलुङ्गे पुल बनाएर बन्जी र स्वीङ सञ्चालन गर्दै आएको द क्लिफ प्रालिले आफ्नै रिसोर्ट परिसर बागलुङको बलेवामा नेपालकै पहिलो स्काई चियरको निर्माण गरेको छ।कालीगण्डकी खोँच माथिको स्काई चियरमा बसेर कुश्मा बजार, धौलागिरि हिमाल, बन्जी र स्विङ गरेको लगायतका मनोरम दृश्य हेर्न पाइनेछ। पर्यटकले स्काई चियरमा बसेर कफी पिउन, खाजा खान लगायत फोटो भिडियो खिचाउन सक्नेछन् । विद्यमान निषेधाज्ञा पश्चात् सर्वसाधारणका लागि स्काई चियर खुला गरिने द क्लिफले बताएको छ। एक पटकमा दुई जना बस्न मिल्ने

सम्बन्धित सामग्री

काली गण्डकीको छेउमा जब साइकल गुड्यो !

काठमाडौँ । पर्यटकीय स्थल र हिमालपारिको जिल्लाका रूपमा परिचित मुस्ताङमा आज छुट्टै चहलपहल थियो । स्वदेशी विदेशी खेलाडी भेला भएका थिए । कोही डोरी लिएर पहाड चढ्न थाले भने कोही दौडन । न त जाडो न त गर्मी मौसम । नजिकै निलगिरी हिमाल र अनि तल बगी रहेको काली गण्डकी । प्रख्यात कवि भूमि शेरचनको […]

कालीगण्डकी नदीमा एक जना बेपत्ता

नवलपुर । नवलपुरको बुलिङटार गाउपालिकाको काली गण्डकी नदीमा पौडी खेल्ने क्रममा एक जना वेपत्ता भएका छन् । मंगलबार साँझ पाँच बजेतिर पौडी खेल्ने क्रममा बौद्दीकाली गाउँपालिका १ मिथुकरम बस्ने वर्ष १८ का हिमाल चितौरे सार्की वेपत्ता भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले बताए । उनको खोजी कार्य जारी रहेको जनाएको छ …