काठमाण्डाै - अर्जेन्टिना कतारमा भइरहेकाे फिफा विश्व कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । बिहान अहमेद बिन अलि स्टेडियममा भएको खेलमा अस्ट्रेलियालाई २–१ गोल अन्तरले हराउँदै अर्जेन्टिना अन्तिम आठमा पुगेको हो ।
अर्जेन्टिनाका लागि कप्तान लियोनल मेस्सी र जुलियन अल्भारेजले एक–एक गोल गरे । अस्ट्रेलियाले एक गोल आत्मघाती उपहार पाएको थियो । अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिएको छ ।
मेस्सीले खेलको ३५औँ मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई अग्रता दिलाए भने ५७औँ मिनेटमा जुलियान अल्भारेजको गोलप...