जलजला गाउँपालिकाद्वारा प्रहरीलाई उद्दार सामग्री प्रदान

पर्वत : पर्वतको जलजला गाउँपालिकाले विपद्मा परेकाहरूको उद्दारको लागि गाउँपालिकाभित्र रहेका प्रहरी चौकीहरूलाई उद्दार सामग्रीहरू उपलब्ध गराएको छ।भूकम्प, वर्षाको बेलामा जान सक्ने बाढी पहिरो, चट्याङ लगायतका विपद्को बेलामा उद्दार गर्न पुग्ने प्रहरीसँग उद्दार सामग्रीहरू आवश्यकता अनुसार भएमा छिटो उद्दार हुन सक्ने भएकाले ती सामग्रीहरू उपलब्ध गराइएको गाउँपालिकाका उपाध्यक्ष दीपक आचार्यले बताए।अहिले बर्खा यामको बेला रहेको र जलजलाका विभिन्न वडाहरूमा पहिरोको जोखिम रहेकाले जुन कुनै बेलामा विपद् आउन सक्ने भएकाल