गठबन्धनका नेताहरू सिट बाँडफाँटका लागि 'वान टु वान' वार्ता गर्न सहमत

काठमाण्डाै – सत्तारूढ गठबन्धनमा आबद्ध दलका नेताहरू प्रदेश सभा र प्रतिनिधि सभा चुनावकाे सिट बाँडफाँडका लागि 'वान टु वान' वार्ता गर्न सहमत भएका छन् ।  कार्यदल र शीर्ष नेताहरूबीच आज मङ्गलवार भएकाे छलफलमा पनि सहमति जुटाउन नसकेपछि नेताहरू वान टु वान वार्ता गरी सहमति जुटाउनतिर लाग्ने भएका हुन् । सहमतिको नजिक पुगिएको र त्यसलाई सहज ढङ्गले टुङ्गो लगाउन शीर्ष नेताहरूबीच वान टु वान वार्ता गर्ने सहमति पनि गरिएको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो । उहाँले...