नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टीका उम्मेदवारहरूलाई मत माग्न सातै प्रदेशमा हुने चुनावी सभालाई सम्बोधन गर्न जाने भएका छन् । कात्तिक १८ गतेबाट चुनावी सभा सुरु गर्न लागेका अध्यक्ष ओली मङसिर १ मा अन्तिम चुनावी सम्बोधन गरेर विश्राम लिने तयारीमा रहेका छन् । मङसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि पार्टीले घोषणापत्र सार्वजनिक गरेलगत्तै अध्यक्ष ओली देशभरका चुनावी सभामा सम्बोधन गर्न पुग्ने भएका हुन् । अध्यक्ष ओलीले कात्तिक १८ गते सुदुरपश्चिमको दार्चुलामा हुने सभ