चुनावी मैदानमा शीर्ष नेता : देउवा, ओली, प्रचण्ड, नेपाल र पौडेलको अवस्था कस्तो ?

मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको चुनावको लागि मुख्य दलका प्रायः सबै शीर्ष नेताहरुले प्रत्यक्षमा उम्मेदवारी दिएका छन् । प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पुरानो क्षेत्र डडेलधुरालाई नै रोज्नु भएको छ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि झापा ५ लाई नै आफ्नो चुनावी क्षेत्र बनाउनु भएको छ । तर, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यसपटक कम जोखिम रहेको क्षेत्रका रुपमा गोरखा - २ रोज्नुभएको छ । त्यस्तै नेकपा समाजवादीका अध्यक्ष ...