महँगी अझै बढ्न सक्ने !

सरकारले मूल्यवृद्धिलाई सीमाभित्रै राख्ने बताइरहेका बेला सर्वसाधारणले भने महँगी थप बढ्दै जाने आकलन गरेका छन् । मूल्यवृद्धिदरबारे सर्वसाधारणको अपेक्षा बुझ्न नेपाल राष्ट्र बैंकले गरेको सर्वेक्षणमा अधिकांश सर्वसाधारणले महँगी बढ्दै जाने बताएका हुन् । राष्ट्र बैंकले बुधवार सार्वजनिक गरेको सर्वसाधारणको मुद्रास्फीति अपेक्षासम्बन्धी सर्वेमा सहभागीमध्ये ९७ दशमलव १ प्रतिशतले मूल्यवृद्धिदर बढ्ने बताएका छन् । उनीहरूले आगामी १ वर्षमा औसत मूल्यवृद्धिदर ११ दशमलव ४ प्रतिशत पुग्ने बताएका छन् । यसअघि २०७७ माघमा गरिएको सर्वेक्षणमा औसत मूल्यवृद्धिदर १...

सम्बन्धित सामग्री

महँगी विरुद्धको लडाई अझै गम्भीर र पीडादायक हुने संकेत

काठमाडौं । संसारभर महँगी विरुद्धको लडाई सकिएको छैन । कछुवाको तालमा सुस्तरी अगाडि बढेर महँगीविरुद्धको लडाई जित्न नसकिने सन्देश विश्वभरका केन्द्रीय बैंकरहरुले दिइरहेका छन् ।  अहिले नै ब्याजदर बढाइएन भने महँगी आफूहरुसँग झनै लामो समयसम्म रहने सक्ने गएको हप्ता आधा प्रतिशत अंकले ब्याजदर बढाएपछि बैंक अफ इंगल्यान्ड (बीओई)का गभर्नर एन्ड्रियू बेलीले भनेका थिए । एक दशकभन्दा लामो अवधिसम्मको ब्याजदर वृद्धिपछि केही देशमा महँगी सुस्ताउन थालेको छ ।  तर धेरै जसोमा यो केन्द्रीय बैंकको लक्षित बिन्दुभन्दा चाँहि माथि छ । महँगी बढ्न नदिन अनि यसलाई घटाउन केन्द्रीय बैंकहरुासामु एउटै अस्त्र भनेको ब्याजदर बढाउनु नै हो । केन्द्रीय बैंकहरुको कदमको असर अर्थतन्त्रमा देखिन कम्तिमा पनि १२ महीना लाग्छ ।  अमेरिकी केन्द्रीय बैंक फेडरल रिजर्भले गएको मार्चमा ब्याजदर बढाउन शुरु गर्यो लगातार १० पल्ट ब्याजदर बढाएपछि फेडले जुनको नीतिगत बैठकमा ब्याजदर वृद्धि थाँती राख्यो । अहिले नै पहल नगर्ने हो भने बल्ल बल्ल सुस्ताउन थालेको महँगीमाथिको अंकुश गुम्ने भन्दै कयौं फेड अधिकारीहरुले आगामी महीना ब्याजदर पुनः बढाउनु पर्ने बताइरहेका छन् ।  केही अघि सम्म पनि  बैंकहरुले अर्थतन्त्रमा धेरै क्षति नपुर्याइकन ब्याजदर बढाएको जस्तो देखिएको छ । तर अहिले स्थिति फेरिन थालेको छ । महँगी सोचेको स्तरभन्दा बढी नै भयो भने जे गरेपछि महँगी घटाउन मुश्किल हुनेछ । यूरोपेली केन्द्रीय बैंक (ईसीबी)की अध्यक्ष क्रिष्टियन लगार्दले अहिलेको ब्याजदर वृद्धिलाई गन्तव्यतिर उडिरहेको विमानसँग दाँजेकी थिइन् ।  उडान भर्ने बित्तिकै विमान छिटो छिटो अगाडि बढ्नु पर्ने अनि लक्षित उचाईमा पुगेपछि गति कम गर्न सक्ने उनको भनाई छ । तर अहिले ब्याजदर वृद्धि महँगीलाई लक्षित स्तरमा झार्न पर्याप्त हुने गरी उच्च स्तरमा नपुगेको लगार्दको धारणा छ ।  अर्थतन्त्रका केही हिस्सामा ब्याजदर वृद्धिको असर नदेखिएकोले पनि केन्द्रीय बैंकहरुलाई महँगीलाई ओराल्न गाह्रो भइरहेको छ । ब्याजदर जिद्दी भएर उच्च स्तरमा रहिरह्यो भनेन केन्द्रीय बैंकहरुलाई यसलाई ओराल्न गाह्रो हुन्छ । असम्भव नै चाँहि होइन । तर अर्थतन्त्रमा यसको पीडा धेरै हुन्छ । एजेन्सी

जनताको विकास र समृद्धिको चाहना अघि बढ्न सकेन: महासचिव पोखरेल

प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाएको छ।...

विकास र समृद्धिको चाहना अघि बढ्न सकेन : शंकर पोखरेल

दाङ– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताएका छन् । प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाए ।  महासचिव पोखरेलले अहिलेको बजेट जनताको हित र कल्याणमा छैन भने । उनले शान्तिपूर्ण राजनीतिमा […]

विकास र समृद्धिको चाहना अघि बढ्न सकेन : शंकर पाेखरेल

काठमाडाैँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको विकास र समृद्धिको चाहना अघि बढ्न नसकेको बताएका छन्। प्रेस चौतारी दाङले आज तुलसीपुरमा गरेको पत्रकार भेटघाट कार्यक्रममा उनले भष्ट्राचार र महँगी बढेर मुलुकको आर्थिक अवस्थासमेत यतिखेर कमजोर बनेको आरोप लगाएका छन्। अहिलेको बजेट जनताको हित र कल्याणमा नभएकाे महासचिव पोखरेलकाे भनाइ छ। उनले शान्तिपूर्ण राजनीतिमा आएको नेपाल […]

बढ्यो बजार भाउ

चालू आर्थिक वर्षमा महँगी सरकारको नियन्त्रणभन्दा बाहिर गएको छ । सरकारले बजेटमा ७ प्रतिशतभित्रै राख्ने प्रक्षेपण गरेको महँगी पछिल्लो समय रुस–युक्रेनको युद्धलगायत कारणले बढ्न थालेको हो ।०७८ चैत महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ७.२८ प्रतिशत रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको चैत मसान्तमा मुद्रास्फीति ३.१० प्रतिशत रहेको थियो । राष्ट्र बैंकका अनुसार […]

रुस–युक्रेन युद्धका कारण महँगी बढ्न सक्छ - गभर्नर अधिकारी

काठमाण्डाै – नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले रुस र युक्रेनकाे युद्धका कारण महँगी बढ्न सक्ने बताउनुभएकाे छ । आज बुधवार नेपाल राष्ट्र बैंकको ६७ औं वार्षिकोत्सव कार्यक्रममा बोल्दै गभर्नर अधिकारीले यस्ताे बताउनुभएकाे हाे ।  गभर्नर अधिकारीले अर्थतन्त्रको बाह्य क्षेत्र केही दबाबमा रहेको पनि बताउनुभयाे । राष्ट्र बैंकले बाह्य दबाब कम गरी विदेशी विनिमय सञ्चितिको समेत दबाब कम गर्न नीतिगत पहल गरिरहेकाे उहाँकाे भनाइ छ । गभर्नर अधिकारीले पछिल्लो समय कोभिडको असर कम भएसँगै अर्थतन्त्रमा समेत सुधार हुँ...

दशैँसँगै महँगी बढ्यो, बजारमा बढेन रौनक

म्याग्दी- आजबाट दशैँ सुरु भएको छ । दशैँ शुरु भइसक्दा पनि बजारमा सामान किनमेल गर्नेको चहलपहल बढ्न सकेको छैन तर सामानको मूल्य भने बढ्न थालेको छ । विगत दुई वर्ष अघिसम्म दशैँ सुरु हुनुभन्दा १५/२० दिन अघिदेखि नै भीडभाड लाग्ने म्याग्दीको सदरमुकाम बेनी बजारका पसलमा दशैँ सुरु भइसक्दा पनि कुनै रौनक नदेखिएको व्यापारी बताउँछन् । […]

तलब वृद्धिभन्दा महँगी वृद्धि बढी

काठमाडौं । पछिल्लो समय बजारमा महँगी बढेअनुसार समग्रमा जागीरेको तलब भने बढ्न सकेको छैन । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार गत माघमा वार्षिक विन्दुगत मूल्य वृद्धि २ दशमलव ७० प्रतिशतले बढ्दा तलब तथा ज्यालाको सूचकांक भने १ दशमलव ७७ प्रतिशतले मात्र बढेको छ ।यसअवधिमा तलबको वृद्धि शून्य भए पनि ज्यालाको वृद्धि बढी हुँदा समग्रमा तलब तथा ज्याला वृद्धि भएको देखिएको हो । राष्ट्र बैंकका अनुसार समग्रमा तलब तथा ज्यालादर बढी देखिनुको कारण गत माघ महीनामा २ दशमलव २७ प्रतिशतले ज्यालाको दर बढेकाले