प्रदेश १ मा हिमाली र पहाडी जिल्लाको तुलनामा तराईका जिल्लामै खोप अभियान कमजोर

कोरोना सङ्क्रमणको दर तीव्र रूपमा बढेपछि सरकारले कोरोना विरुद्धको खोपलाई स्वास्थ्य सुरक्षाको विकल्पका रूपमा अघि सारेको छ । खोप अभियानलाई सशक्त बनाउन सार्वजनिक स्थलमा खोप कार्डलाई अनिवार्य पनि गरिएको छ ।प्रदेश १ का सघन बस्ती भएका झापा, मोरङ, सुनसरी जिल्लामै कोभिड–१९ विरुद्धको खोप लगाउने दर न्यून देखिएको छ । यतिसम्म कि हिमाली र पहाडी जिल्लाको तुलनामा सघन सहरी क्षेत्रका यी तीन जिल्लामा सचेत नागरिक नै खोप अभियानमा सरिक नभएको सरकारी तथ्याङ्क छ ।सरकारले लक्षित वर्ग छुट्याई चरण–चरणमा कोरोनाव