सर्वोच्चको फैसलापछि दुई तिहाइले घटे स्टिङ अपरेशनका मुद्दा, कुन निकायमा कति उजुरी?

काठमाडौंः स्टिङ अपरेशनलाई प्रमाण नमान्ने सर्वोच्चको फैसलापछि यससम्बन्धी मुद्दाको संख्या ह्यवात्तै घटेको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको २०७७/०७८ को वार्षिक प्रतिवेदन अनुसार मुद्दाको संख्या घटेको हो। वैशाख ८ गते सर्वोच्चले आफैं रकम उपलब्ध गराएर गरिने स्टिङ अपरेशन प्रमाण नलाग्ने फैसला गरेको थियो। वार्षिक प्रतिवेदन प्रमुख आयुक्त प्रेमकुमार राईले सोमबार राष्ट्रपति…

सम्बन्धित सामग्री

सर्वोच्चको फैसला र हाम्रो व्यवहारबीच तालमेल मिलेन : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । परराष्ट्रमन्त्री प्रदिप कुमार ज्ञवालीले सर्वोच्च अदालतको फैसला र व्यवहारबीच तालमेल नमिलेको बताउनुभएको छ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा बोल्दै उहाँले सर्वोच्चका आदेशसँग हाम्रा व्यवहारहरु कति मेल खान्छन् भन्ने समिक्षा गर्नु जरुरी रहेको बताउनुभयो । सरकारले प्रतिनिधि सभा विघटन गरी नयाँ निर्वाचनमा जान गरेको निर्णयलाई सर्वोच्चले उल्ट्याइदिएपछि सरकार असन्तुष्ट बनेको हो । बैठकलाई सम्बोधन गर्दै मन्त्री ज्ञवालीले प्रतिनिधिसभा पुनर्स्थापना भएपछिका बैठकहरु अपेक्षा अनुरुप सञ्चालन हुन नसकेकोमा गुनासो गर्नुभयो । उहाँले सुरुका बैठकहरुमा अत्यावश्यक र जनजीवसंग सरोकार राख्ने विधेयकहरु प्रस्तुत गर्न नदिएकोमा बताउनुभयो । उहाँले फागुन ११ गतेको सर्वोच्च अदालतको फैसलापछि प्रतिनिधिसभा पुर्नस्थापना भएको र यसलाई पार्टी र सरकारले स्वीकार गरेको तर सुरुवातका बैठकहरुमा राम्रो संकेत नदेखिएको बताउनुभयो । उहाँले सदनलाई व्यक्तिका अतिरिक्त आकांक्षा भन्दा अग्रगामी एजेण्डामा केन्द्रित हुन आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘सुरुका केही बैठकहरु जसरी अघि बढे तीनीहरुले राम्रो संकेत भने गरेनन् । सदनका बैठक नचलेका बेला सरकारले अध्यादेश ल्याउन सक्ने र ती अध्यादेश संसदको पहिलो बैठकमा प्रस्तुत गर्नुपर्ने संबैधानिक व्यवस्था छ । तर हामी यस्तो अवस्थामा पुग्यौं अत्यावश्यक र ज्यादै जनजीवन संग सरोकार राख्ने विधेयकहरु समेत सदनमा प्रस्तुत हुन सकेन ।’ उहाँले आफू सम्बद्ध राजनीतिक दल र सरकार आफ्नो अनुकुल फैसला आउँदा विजयोत्सव र प्रतिकुल आउँदा झुक्याएर बस्ने गल्ति नगर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘अदालत स्वतन्त्र छ फैसला गर्नका लागि । मैले प्रतिनिधित्व गर्ने राजनीतिक दल र वर्तमान सरकार फैसला आउँदा न लड्डु खाएर खुसीयाली मनाउँछ न झोक्याएर नै बस्छ । हामी दुवै मुद्दा हारेका छौ तर अदालतलाई कुनै आपेक्ष लगाएका छैनौँ ।’ उहाँले अन्तरविरोधहरु देखिए पनि संविधान नमान्ने र देशको अस्तित्वलाई चुनौति दिने प्रवृत्तिलाई समाप्त पार्दे सिंगो राष्ट्रलाई एकठाउँमा ल्याउने काम भएकाले राजनीतिक हिसावले अब मुलुक द्वन्द्वमुक्त भएको बताउनुभयो । उहाँले मुलुक विकाससिल मुलुकमा अंकित हुने चरणमा पुगेको, मेलम्चीको पानी सुन्दरीजल आएको र अर्को हप्ताबाट काठमाण्डौको धारामा पानी आउन थाल्ने, सुनकोशी डायर्भसनले तराईलाई सुन फल्ने देश बनाउने चरणमा पुर्याउने, नागढुंगा सुरुङ मार्गको निर्माण ...

सर्वोच्चको फैसलापछि संसदमा कसको हैसियत कति ? ओलीको पार्टी सबैभन्दा ठूलो

सर्वोच्च अदालतले नेकपा एकीकरणलाई बदर गरिदिएपछि संघीय संसदमा दलहरूको समीकरण फेरबदल भएको छ । सर्वोच्चले २०७५ जेठ ३ गते पार्टी एकता हुनुअघिको अवस्थामा फर्काएपछि संसदमा नेकपा एमाले सबैभन्दा ठूलो दल बनेको छ । प्रतिनिधि सभामा एमालेका ८० प्रत्यक्ष र ४१ समानुपातिक गरी १ सय २१ सांसद छन् । समानुपातिक सांसद सानु सिवाको निधन भएका कारण अहिले प्रतिनिधि सभामा एमालेका १२० सांसद छन् । साविकमा पनि एमाले संसदीय दलका नेता केपी शर्मा ओली हुन् । प्रतिनिधि सभामा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका ६३ सांसद छन् । विजयक...