नेवानिको निजीकरण निर्विकल्प

सरकारले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमलाई निजीकरण गर्न लागेको भनी यहाँका कर्मचारीहरू आन्दोलनमा छन् । सञ्चालक समितिले निगमलाई कम्पनीमा परिणत गर्न प्रबन्धपत्र र नियमावली तयार गरेर नागरिक उड्डयन मन्त्रालयमा पठाएको विरोधमा उनीहरूले तालाबन्दी गरेका थिए । तर, निगमलाई सुधार गर्ने हो भने निजीकरण गर्नुको विकल्प छैन । कर्मचारीहरूले आप्mनो सुविधा घट्ने भएकाले यसको विरोध गरेका हुन सक्छन् । त्यसलाई सम्बोधन गरेर कम्पनी मोडलमा जानुपर्छ । निगमको संस्थागत सुधार प्रसंग अहिले उठेको होइन, २ दशकभन्दा बढीदेखि बहस भइरहेको छ । तर, कुनै पनि सरकारले यसको सुधारका लागि ठोस निर्णय लिन सकेनन् । यसलाई दुहुने काममा भने सबै दल सक्रिय रहे । आज यो संस्थाको जुन हालत छ, यसको अपजस राजनीतिक दल र यहाँ कार्यरत कर्मचारी दुवैले लिनुपर्छ । यसलाई सपार्ने पनि राजनीतिक नेतृत्व र कर्मचारीले नै हो । कुनै एउटा सञ्चालक समिति, सचिव वा महाप्रबन्धकबाट मात्र सुधार सम्भव देखिँदैन । निगमलाई एउटा सफल संस्थाका रूपमा उभ्याउने हो भने यसमा व्यापक सुधार जरुरी छ । निगम सुधारका लागि आधा दर्जन आयोग गठन भए, ती सबैले यसको संरचनामा परिवर्तन गर्नुपर्ने सुझाव दिए । सार्वजनिक निजी साझेदारीको अवधारणाअनुसार यसलाई नेपाल टेलिकमको मोडलमा लैजान सकिने, विदेशी रणनीतिक साझेदार भित्र्याउनेजस्ता सुझाव आए । तर, ती सुझावको कार्यान्वयन गर्न कसैले आँट गरेनन् । अहिले यसलाई कम्पनी मोडलमा लैजान प्रयास शुरू भएको छ जुन प्रशंसनीय छ । कम्पनीमा परिणत हुँदा यसको दायित्व सीमित हुन्छ । यसो हुनासाथ सञ्चालक समिति र व्यवस्थापन व्यावसायिक हुन बाध्य हुन्छन् । कम्पनी भएपछि सरकारको यस संस्थाप्रतिको दायित्व सरकारले लगानी गरेको शेयरको हदसम्म मात्र सीमित हुन्छ । वित्तीय संस्थाहरूले पनि भविष्यमा कम्पनीको ऋण चुक्ता गर्ने क्षमता आकलन गरेर मात्र ऋण लगानी गर्नेछन् । अन्ततः यस संस्थालाई व्यावसायिक हुन बाध्य बनाउँछ । अहिलेजस्तो सरकार जमानी बसिदिनुपर्ने वा सहयोग गर्नुपर्ने अवस्था आउँदैन । कम्पनी बनाउँदा सरकारको निश्चित प्रतिशत शेयर हुन्छ भने यसमा निजी कम्पनी तथा सर्वसाधारणको पनि शेयर हुन्छ । निगमले प्रस्तावित कम्पनीमा नेपाल सरकारको ५१ प्रतिशत शेयर स्वामित्व हुने गरी शेयर संरचना योजना बनाएको छ । विदेशी लगानी साझेदारको ३० प्रतिशत, सर्वसाधारण तथा पर्यटन व्यवसायीहरूको १४ प्रतिशत र निगमसम्बद्ध कर्मचारीहरूको ५ प्रतिशत शेयर खुला गरिने योजना रहेको छ । यो एकप्रकारले निजीकरण नै हो । पूरै कम्पनी कसैलाई बेच्नुमात्र निजीकरण होइन । यसको सञ्चालक समितिमा स्वतन्त्र र निजीक्षेत्रका व्यक्तिहरू जान पाउने भएपछि तथा आयव्ययको हिसाब साधारणसभामा लैजानु पर्ने भएपछि कम्पनीले व्यावसायिक योजना बनाउनै पर्ने हुन्छ । अहिले प्रस्ताव गरिएको मोडल नेपाल टेलिकम मोडल हो । ४२ अर्ब ऋणमा डुबेको र साँवा तथा ब्याज तिर्न नसकेको नेपाल वायुसेवा निगमलाई संस्थानबाट कम्पनीमा बदल्ने प्रस्तावको विरोधमा ट्रेड युनियनहरू देखिएका छन् । संस्थानलाई निजीकरण गरी डुबाउने र हवाई माफियाको जालोमा पार्ने बदनियतपूर्ण ढंगले ल्याइएको आरोप उनीहरूको छ । तर, यस्तो आरोप लगाउनुअघि कर्मचारीहरूले निगमको वास्तविक अवस्था थाहा पाउनुपर्छ । कम्पनीमा गएपछि उनीहरूले पनि शेयर पाउने हुँदा अहिले विरोध गर्नुको ठूलो कारण देखिँदैन । हो, संस्थान हुँदा निगमले व्यवसाय नगरे पनि कर्मचारीहरूको सुविधा घट्दैन थियो । तर, कम्पनीमा गएपछि यस्तो हुँदैन । त्यस्तै, पेन्सनलगायत सुविधा पनि कम हुन्छ । त्यही भएर उनीहरू विरोधमा देखिएका हुन् । हाल कार्यरत कर्मचारीको यो चिन्तालाई सम्बोधन गर्न केही विकल्प हुन सक्छ । यसका लागि सरकारले हाल कार्यरत कर्मचारीको दायित्व लिने र अब आउने कर्मचारीले कम्पनीको नियमानुसार सुविधा पाउने व्यवस्था गर्न सकिन्छ । महाप्रबन्धक डिम पौडेलले निगम अहिले जुन अवस्थाबाट छ यही तरीकाबाट कुनै पनि हालतमा चल्न नसक्ने बताउँदै धेरै विकल्पमध्ये कम्पनी मोडेल संसारमा अहिलेसम्मको प्रचलित मोडेल भएकाले त्यसैमा जानुपर्ने भनी त्यसैअनुसार काम गर्न लागिरहेका छन् । यसका लागि उनले केही योजना बनाइरहेका छन् । पहिला कर्जा तिर्नुपर्छ, सम्पत्ति थप गर्नुपर्छ । पर्याप्त शेयर पूँजी बनाउनुपर्छ । रणनीतिक योजना बनाउनुपर्छ अनि मात्र कम्पनी मोडेलमा जानुपर्छ भन्ने सोचका साथ उनले काम गरेको पाइन्छ । उनले यो सरकारकै अधीनमा रहने कम्पनी हुने बताएका छन् । तर, सरकारको थोरै अंश राखेर यसलाई सकेसम्म निजीक्षेत्र हाबी हुने गरी सञ्चालन गरिनुपर्छ । निगम निजीक्षेत्रलाई पूरै विक्री गरिदिए पनि आपत्ति जनाउनुपर्ने देखिँदैन । यथास्थितिमा न यसले व्यावसायिक योजना बनाउन सक्छ न राम्ररी सञ्चालन नै हुन सक्छ । भएका विमानसमेत व्यवस्थापन गर्न नसक्ने अवस्थाको निगम सरकारका लागि सेतो हात्ती हो । यसले केही दिँदैन, तर सधैं पालिरहनुपर्छ । राष्ट्रिय ध्वजावाहक भन्दैमा सरकारले जनताको करबाट उठेको रकमबाट यस्ता सेतो हात्ती पाल्न हुँदैन । यसको दायित्व सरकारले बोकिरहन सक्दैन किनभने राज्यका दायित्वका क्षेत्र अन्य छन् । ती दायित्व पूरा गर्न यहाँ खन्याउने स्रोत परिचालन गर्न सकिन्छ । कुनै बेला जहाजविहीन बनिसकेको निगमलाई सरकारले आफू जमानीमा बसेर जहाजहरू किन्न दियो । यसरी ल्याइएका जहाज अहिले घाम तापेर बसेका छन् । चिनियाँ जहाज चलाउनै नसकेको हो भने त्यसको दायित्वबाट निगमलाई मुक्त गरिनुपर्छ । तर, निगममा केही नयाँ गर्नै नहुने अनि नाफा भएन व्यवसाय गरेन भनेर आलोचना पनि गर्ने काम तर्कयुक्त छैन । त्यसैले निगमको वर्तमान संरचना परिवर्तन गर्नैपर्छ । यो अहिले सञ्चालक समितिले प्रस्ताव गरेको मोडल हुन सक्छ अथवा त्योभन्दा फरक भए पनि हुन्छ । अहिले सरकार परिवर्तन भएको छ । तर, सरकार परिवर्तन भए पनि यो प्रक्रिया रोकिनु हुँदैन । वर्तमान सरकारले पनि कम्पनीमा लैजाने प्रक्रियालाई कार्यान्वयनमा लैजानु उपयुक्त हुन्छ । लेखक नेपाल एशोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)का पूर्वमहासचिव हुन् ।

सम्बन्धित सामग्री

निगम निजीकरण गर्ने हल्ला मात्र हो : बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले सरकारले नेपाल आयल निगमलाई निजीकरण नगर्ने बताएका छन् ।अर्बौको कमिसन लिएर निगमलाई निजीकरण गर्न लागिएको भन्ने चर्चा भइरहेका बेला मन्त्री बडूले आफू त्यसको पक्षमा नरहेको बताए । उनले आयल निगमलाई आफूले निजीकरण गर्न लागेको भन्ने कुरा निराधार, भ्रामक र आधारहिन भएको उल्लेख गर्दै त्यसको पछि नलाग्न आग्रह गरे । […]

आयल निगमलाई निजीकरण गरिँदैन : मन्त्री बडू

उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल आयल निगमलाई निजीकरण गर्ने पक्षमा आफू नरहेको बताएका छन् ।  आइतबार संघीय संसद प्रतिनिधिसभा अन्तरगतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित...

आयल निगमलाई निजीकरण नगर्न ट्यांकर व्यवसायीको माग

२८ असार, बुटवल । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्याङकर व्यवसायीहरुले नेपाल आयल निगमलाई निजीकरण नगर्न सरकारसँग माग गरेका छन् । आयल निगम निजीकरण गरिए इन्धन मात्र नभई राज्यको बागडोर नै व्यापारीको कब्जामा गएको पुष्टी हुने व्यवसायीको तर्क छ । पश्चिमाञ्चल ट्याङ्कर व्यवसायी संघ रुपन्देहीको नवौं साधारणसभामा बोल्ने व्यासायीहरुले निगमको निजीकरणले उपभोक्ता मुल्यबृद्धिको मारमा पर्ने तथा […]

नेपाल आयल निगम निजीकरण गर्ने योजना छैन: प्रधानमन्त्री देउवा

काठमाडौं– प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका अध्यक्ष शेरबहादुर देउवाले नेपाल आयल निगम निजीकरण गर्ने सरकारको नीति नभएको बताएका छन् । आज शनिवार संसद भवनमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले निजीकरण गर्ने कुनै योजना नरहेको बताएका हुन् । ‘सार्वजनिक संस्थानहरुको सुधारका लागि नीति तथा कार्यक्रममा समावेश विषयलाई विषयान्तर गरिएको छ, निजीकरण गर्ने विषयमा सरकारको कुनै […]

निजीकरण गर्दा सेयर बिक्री गरेका संस्थान सफल

नेपालका सार्वजनिक संस्थानहरुलाई निजीकरण गर्ने क्रममा सुरु भएका विभिन्न मोडलमध्ये सेयर हस्तान्तरण सफल देखिएको छ । सरकारको तथ्यांकअनुसार हालसम्म निजीकरण भएका ३० संस्थानमध्ये १२ संस्था खारेजी भएका छन् भने अन्य ६ संस्था बन्द छन् । तर, निजीकरणकै अर्को मोडल अर्थात् पूर्ण स्वामित्व हस्तान्तरण नगरी सेयर बिक्रीको मोडलमा सञ्चालित १२ संस्थानमध्ये ९ नाफामा छन् भने तीनवटा […]

सार्वजनिक संस्थानलाई निजीकरण गरिँदैन : अर्थमन्त्री

२५ भदौ, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले सार्वजनिक संस्थानलाई निजीकरण नगरिने बताएका छन् । संसदमा विनियोजन अध्यादेशमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले सार्वजनिक संस्थानहरु निजीकरण गरिने नभई व्यवस्थापन सुधारबाट क्षमता बढाउने योजना रहेको बताए । सरकार सार्वजनिक संस्थानको निजीकरणको पक्षमा नरहेको उनले बताए । पछिल्लो समय नेपाल एयरलाइन्सलाई कम्पनी मोडेलमा लैजान शुरु गरिएको प्रक्रियालाई […]

नेपाल एयरलाइन्स : विकल्प निजीकरण

निगमको निजीकरण प्रक्रिया रोक्नुपर्छ, यसलाई जस्ताको तस्तै चलाउनुपर्छ भनेर जसरी कर्मचारीले अड्डी कसेका छन्, त्यो तर्कसंगत छैन अहिले मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको निजीकरणबारे बहस चर्चामा छ । व्यवस्थापनले निगमलाई...

वायु सेवालाई निजीकरण गर्न रोक

सर्वोच्च अदालतले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) लाई निजीकरण गर्नेसम्बन्धी काम अघि नबढाउन सरकारका नाममा आइतबार अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ।...

नेपाल वायुुसेवा निगमलाई किन निजीकरण ?

काठमाडौं, असार २७ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको निजीकरणको प्रस्तावको चौतर्फी विरोध भईरहेको छ । यतिबेला निजीकरण गर्न नहुने भन्दै निगमकै कर्मचारी विगत १ सातादेखी आन्दोलनरत छन् । कर्मचारी व्यवस्थापनसँग कुनै सल्लाह नै नगरी सिमित समूह पोस्न गरिएको निर्णय कुनै हालतमा नमान्ने अडानमा कर्मचारी रहेका छन् । ४० अर्ब बढी ऋणमा डुबिसकेको निगमलाई निजीकरण […]

बायुसेवा निगमलाई निजीकरण गर्न लागेको विरोधमा तालाबन्दी

काठमाडौं : नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन्।निगमलाई निजीकरण गर्न लागिएको विरोधमा कर्मचारीले मंगलबार कार्यालयमा तालाबन्दी गरेका हुन्। निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन्।वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजीकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि कर्मचारी आन्दोलित भएका  हुन्। निगमलाई निमिट्यान्न पार्न तथा हवाई माफियाको इशारामा निजीकरण गर्न लागिएकाले आन्दोलन गर्नुपरेको नेपाल वायुसेवा नि