चितवनमा गत आर्थिक वर्षमा ३७ गैँडा मरे

काठमाडाैँ – चितवन राष्ट्रिय निकुञ्जमा गत आर्थिक वर्षमा ३७ गैँडा मरेका छन्। तीमध्ये दुई चोरीसिकारी र बाँकी प्राकृतिक कारणले मरेका हुन्। उमेर पुगेर, बिरामी भएर, बाघको आक्रमणबाट, दलदलमा भासिएर, जुधेर तथा बाढीले बगाएर जस्ता कारणले गैँडा मरेका हुन्। निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले चोरीसिकारीबाट मरेका दुईमध्ये एउटाको खाग खुर सुरक्षित रहेको जानकारी दिए। स्थानीयवासीले दुःख […]