रिषव आचार्य/तौलिहवा ।।
राष्ट्रिय जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसी आउँदो फागुन १ गते कपिलवस्तु आउनुहुने भएको छ ।
राजमो कपिलवस्तुले आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्न अध्यक्ष केसी आउन लाग्नुभएको हो ।
राष्ट्रियता, गणतन्त्र, धर्म निरपेक्षताको रक्षा गरौँ, भ्रष्टाचारको अन्त्य गरौँ, सङ्घीयता खारेज गरौँ, विघटित संसद पुनःस्थापना गरौँ मूल नाराका साथ कपिलवस्तुको गोरुसिङ्गेमा बृहत् विरोधसभा आयोजना गरिएको राष्ट्रिय जनमोर्चाका जिल्लाध्यक्ष दधिराम आचार्यले जानकारी दिनुभयो ।
कार्यक्रममा हजारौँको सङ्ख्यामा नेता–कार्यकर्ता तथा आम जनता जिल्लाको गोरुसिङ्गेमा उतार्ने तयारी रहेको बताइएको छ । जिल्लाको बड्हारा चोकदेखि विरोध जुलस सुरु भई गोरुसिङ्गे चोकमा पुगी विरोधसभामा परिणत हुने पनि समाचारमा जनाइएको छ ।