‘तपाईँलाई कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापककाे उपाधि दिएको हो ?’

आज बिहानै चिकित्सक तथा विद्यार्थीहरुले यही प्रश्न उल्लेख गरिएको ब्यानरसहित र्याली निकालेका थिए। ‘यहाँलाई कुन मितिमा कुन विश्वविद्यालयले प्राध्यापक उपाधि प्रदान गरेको हो ? सो पत्रको फोटोकपि पनि उपलब्ध गराइदिनु होला,’ संयुक्त संघर्ष समितिको ब्यानरमा लेखिएको छ।