धनगढीस्थित शिवपुरी धामका ५७ वर्षीय खेमबहादुर थापा मगरको घर पुग्दा शुक्रबार दिउँसोको १ बज्नै थालेको थियो । एकैछिनमा आइपुगेका उनी सोझै घरभित्र छिरेनन् । पिँढीमा बसेकी आमासँग एकजोर कपडा मागे । आँगन छेउको धारामा नुवाइधुवाइ गरे, कपडा फेरे र आमाले सुनपानी छर्किएपछि घरभित्र पसे ।