लुम्बिनी प्रदेशसभा भवन निर्माणको काम ९० प्रतिशत पूरा, आगामी अधिवेशन स्थायी राजधानीमै

-गिरिराज नेपालीलुम्बिनी प्रदेश सरकारले प्रदेशसभाको आगामी अधिवेशन स्थायी राजधानी दाङमै सञ्चालन गर्ने तयारी गरिरहेको छ । प्रदेश सरकारका मन्त्रालयका लागि भौतिक संरचना निर्माणका काम अझै नसकिए पनि प्रदेशसभा बैठक भने स्थायी राजधानी मै सञ्चालन गर्ने गरी तयारी तीव्र तुल्याइएको हो ।दाङमा प्रदेशसभाको निर्माणाधीन भवनको काम ९० प्रतिशत पूरा भइसकेको जनाइएको छ । ‘अब पेन्टिङ, लाईटिङ, कुर्सी व्यवस्थापन, लाइभ रुम, भिजिटर रुम व्यवस्थापनको काम भइरहेको छ,’ लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले