आन्तरिक पर्यटकले भरियो कुश्माबजार, दैनिक हजारौं पर्यटक भित्रिदैं

चैत २०, पर्वत । साहसिक पर्यटकीय पूर्वाधार बढेसँगै पर्वतमा पछिल्ला केही महीनायता आन्तरिक तथा बाह्य पर्यटकहरुको आकर्षण बढेको छ । पर्वत सदरमुकाम कुश्मा विभिन्न संघसंस्थाहरुबाट अवलोकन भ्रमणका लागि गन्तव्य स्थल बन्दै गएको छ ।  कुश्माबजारमा बनेको विश्वकै दोस्रो अग्लो बञ्जी जम्प, विश्वकै दोस्रो लामो सुपरम्यान शैलीको जीपलाइन, नेपालकै अग्ला र लामा झोलुङ्गे पुलले आन्तरिक पर्यटकहरुलाई आकर्षित गरेको हो । दैनिक हजारौंको संख्यामा आन्तरिक पर्यटक यहाँ भित्रिने गरेका छन् । पर्यटकको संख्या बढेसँगै कुश्माबजारका होटल भरिभराउ हुन थालेका छन् । एक साताअघिदेखि नै होटल बुकिङ हुन थालेको सञ्चालकहरुको भनाइ छ । पर्यटकीय पूर्वाधार बढेसँगै कुश्माबजारमा सुविधासम्पन्न होटलसमेत थपिन थालेका छन् ।  चैतेदशैंमा हिमालपारिको जिल्ला मुस्ताङको कागबेनीमा श्राद्ध गर्न जाने भक्तजनका कारण पनि पर्वत सदरमुकाममा चहलहपल बढ्न थालेको हो । मुस्ताङ जाने दर्शनार्थी र अन्य पर्यटकहरुले जाने बेलामा र फर्किने बेलामा बास बस्नका लागि होटल बुकिङ गर्ने गरेको होटल बन्दनाका सञ्चालक कृष्णप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार नेपालका चितवन, विराटनगर, हेटौँडा, दोलखा, नेपालगञ्ज, बर्दिया, दाङ, बुटबल, कपिलवस्तुलगायत क्षेत्रबाट शैक्षिक संघसंस्था, सहकारी संस्था, विभिन्न सामुदायिक संघसंस्थाबाट शैक्षिक तथा अवलोकन भ्रमणका लागि यस क्षेत्र आउने क्रम बढ्दो रहेको उनी बताउँछन् । कतिपयले पर्वतलाई गन्तव्य बनाउने गरेका छन् भने कतिपय बागलुङबाट म्याग्दीतर्फ  जाने गरेको होटल व्यवसायी बताउँछन् ।  पहिल्ला केही दिनयता सदरमुकामका सुविधासम्पन्न मानिने बन्दना, बेन्जुु, माउन्टेन भ्यू, फ्रेन्डली, धौलागिरि, मुस्ताङ, ओरियन्टलगायत होटल भरिभराउ रहेको सञ्चालकहरुको भनाइ छ । यता बञ्जी जम्प र जीपलाइनमा समेत एक हप्ताअघि देखि नै टिकट बुक भइसकेको त्यहाँका सञ्चालकहरुले बताएका छन् ।  आन्तरिक पर्यटकको चाप अत्यधिक भएसँगै सवारी साधन पार्किङको समस्या देखिएको छ । सवारी साधन बजारका भित्री सडक र पर्यटकीय पूर्वाधार नजिकै पार्किङ गर्दा दूर्घटनाको जोखिम बढेको सवारी चालकहरुको गुनासो छ । रासस

सम्बन्धित सामग्री

दूधे दहमा रमाउँदै आन्तरिक पर्यटक

सिमकोट – चार हजार पाँच सय मिटर अग्लो स्थानमा रहेको दूधे दहमा घुम्न जाने आन्तरिक पर्यटक रमाउने आएका छन्। मोसम खुल्दै जानु र दह छेउछाउ रहेको हिउँ पग्लेपछि आन्तरिक पर्यटक र स्थानीय घुम्न जान सुरु गरिएको हो। मुगुसँग सिमाना जोडिएको चंखेली गाउँपालिका– ३ को मिमी गाउँको लेकमा पर्ने दूधे दह सुन्दर पर्यटकीय स्थलका रुपमा रहेको […]

नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक

काठमाडौँ,१७ पुष । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको नारच्याङ झरना अवलोकन गर्दै आन्तरिक पर्यटक । पछिल्लो समय नारच्याङ झरनामा पर्यटकको चहलपहल बढेको छ । तस्बिर : सन्तोष गौतम/रासस

पुनहिलमा फोटो खिचाउँदै आन्तरिक पर्यटक

बेनी, ५ चैत । अन्नपूर्ण चक्रिय पदमार्गअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलमा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । तस्वीरः कमल खत्री÷रासस

गुराँससँग रमाउँदै आन्तरिक पर्यटक

म्याग्दी, २३ फागुन । म्याग्दीको अन्नपूर्ण क्षेत्रमा ढकमक्क फुलेको लाली गुराँस र गुराँससँगै आन्तरिक पर्यटक । तस्वीरः ध्रुवसागर शर्मा÷रासस

हिमपात रमाउँदै आन्तरिक पर्यटक (फोटोफिचर)

बैतडी, १४ माघ । बैतडीको मुस्याचौर क्षेत्रमा भएको हिमपातमा रमाउँदै आन्तरिक पर्यटक । तस्वीरः विनोदसिंह विष्ट÷रासस

स्काइ साइक्लिङ गर्दै आन्तरिक पर्यटक

पोखरा, १२ पुस: बागलुङ बलेवामा द क्लिफ प्रालिको रिसोर्ट परिसरमा सञ्चालनमा आएको विश्वकै अग्लो र लामो व्यावसायिक स्काइ साइक्लिङ गर्दै आन्तरिक पर्यटक ।-तस्वीर : जमुना वर्षा शर्मा, रासस

रुप्से झरनामा आन्तरिक पर्यटक

बेनी, १३ कात्तिक: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको रुप्से झरनामा तस्वीर खिचाउँदै गरेका आन्तरिक पर्यटक । बेनी–जोमसोम सडकखण्डअन्तर्गत पर्ने यो झरनामा पर्यटकको आगमन बढेको छ । तस्वीर : कमल खत्री-रासस

लामो पुलमा आन्तरिक पर्यटक

बागलुङ–पर्वत जोड्ने विश्वकै लामो (५६७ मि.) झोलुङ्गे पुल वारपार गर्दै आन्तरिक पर्यटक । तस्वीर : रामबहादुर थापा/रासस, बागलुङ

सङ्क्रमण घटेसँगै आन्तरिक पर्यटक बढ्दै

देशमा दोस्रो चरणको कोभिड–१९ को सङ्क्रमण दर घटेसँगै अहिले डोटी जिल्लामा आन्तरिक पर्यटक बढेका छन् । यहाँको खप्तडलगायत अन्य धार्मिक तथा पर्यटकीय क्षेत्रमा आन्तरिक पर्यटक बढ्न थालेका हुन् ।...

बेलढुङ्गामा आन्तरिक पर्यटक

बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जास्थित पर्यटकीयस्थल बेलढुङ्गामा आन्तरिक पर्यटक । तस्वीर : रासस