एमाले नेता भट्टराईले मागे दीपक बोहरालाई भोट

नेकपा एमालेका पोलिटब्यूरो सदस्य तथा राष्ट्रियसभाका पूर्व सदस्य खिमलाल भट्टराईले दीपक बोहरालाई भोट मागेका छन् ।   एमाले सिद्धार्थनगर नगर कमिटीले मंगलबार भैरहवामा आयोजन गरेको कार्यकर्ता भेलामा नेता भट्टराईले भैरहवाको लागि बोहरा धर्ती पुत्र भएको भन्दै उनका लागि भोट मागेका हुन् । मुलुकको विकासका लागि तीन दलीय तालमेल भएको भन्दै राप्रपाका वरिष्ठ नेता तथा पूर्वमन्त्री दीपक बोहरालाई जिताउन उनले आग्रह गरे । उनले भने, ‘केपी ओली जस्तै हो उमेरले जति भए पनि उहाँको सक्रियतामा कुनै कम