सानिमा इक्विटी फण्डले ३३ प्रतिशत लाभांश दिने

सानिमा इक्विटी फण्डले ३३ प्रतिशत लाभांश वितरण गर्ने भएकोल छ । कम्पनीको भदौ १५ गते बसेको बोर्ड बैठकले सानिमा इक्विटी फण्डका लगानीकर्तालाई ३३ प्रतिशत अर्थात् ४२ करोड रुपैयाँ बराबरको नगद लाभांश दिने घोषणा गरेको हो । साथै सानिमा लार्ज क्याप फण्डका लगानीकर्ताले ४ प्रतिशत लाभांश पाउनेछन् ।

सम्बन्धित सामग्री

सानिमा इक्विटी फण्ड र लार्ज क्याप फण्डको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

भदौ ३१, काठमाडौं । सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डको लाभांश (प्रतिफल) सुरक्षित गर्ने आज (बिहीवार) अन्तिम दिन रहेको छ ।  दुवै योजनाले लाभांश वितरण प्रयोजनका लागि शुक्रवार (असोज १ गते) बुक क्लोज गर्ने भएकाले दुवै फण्डले घोषणा गरेको लाभांश आजसम्म कायम लगानीकर्ताले पाउनेछन् । आव २०७७/७८ को मुनाफाबाट सानिमा इक्विटी फण्डले ३३ प्रतिशत नगद लाभांश र सानिमा लार्ज क्याप फण्डले ४ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

सानिमा म्युचुअल फण्डका दुई ओटा योजनाद्वारा लाभांश वितरण गर्ने घोषणा

भदौं १६, काठमाडौं ।  सानिमा म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सानिमा इक्विटी फण्ड र सानिमा लार्ज क्याप फण्डले इकाईधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका छन् ।  सानिमा इक्विटी फण्डले ३३ प्रतिशत नगद लाभांश करसहित र सानिमा लार्ज क्याप फण्डले ४ प्रतिशत नगद लाभांश करसहित वितरण गर्ने घोषणा गरेका हुन् । ती दुबै योजनाको भदौ १५ गते बसेको सञ्चालक समितिको बैठकले उक्त नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् ।  ती योजनाले आव २०७७/ ७८ को मुनाफाबाट इकाईधनीलाई लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । नगद लाभांश वितरणको लागि इकाईधनीदर्ता किताब बन्द सम्बन्धी सूचनापछि प्रकाशित गर्ने पनि ती योजनाले जानकारी दिएका छन् ।